युद्धग्रस्त क्षेत्रमा काम गर्ने पत्रकारलाई अन्तर्राष्ट्रिय मानवअधिकार कानूनअन्तर्गत सुरक्षा दिइन्छ। तर, इजरायलमाथि उक्त कानूनको उल्लंघन गरेको आरोप लागिरहेको छ।
इजरायल–हमास युद्ध शुरू भएदेखि गाजामा सय पत्रकार मारिएका छन्। अक्टोबर ७ देखि अहिलेसम्म सय पत्रकार मारिएको गाजाको सरकारी सञ्चार कार्यालयले जनाएको छ।
शनिबार मात्रै इजरायली हवाई आक्रमणबाट प्यालेस्टिनी पत्रकार मोहम्मद अबु ह्वेदीको ज्यान गएको थियो। पूर्वी गाजास्थित आफ्नै घरमा रहेको अवस्थामा उनको मृत्यु भएको हो।
प्यालेस्टिनी अधिकारीहरूले ज्यान गुमाउने पत्रकारको संख्या बढी पनि हुनसक्ने बताएका छन्। पत्रकार संरक्षण समितिले भने अलजजिराका क्यामेराम्यान समीर अबुडागासहित ६९ पत्रकार मारिएको जनाएको छ। तीमध्ये ६२ जना प्यालेस्टिनी, ४ इजरायली र ३ लेबनानका पत्रकार रहेका छन्। समितिका अनुसार १५ पत्रकार घाइते, ३ सम्पर्कविहीन र २० पत्रकार पक्राउ परेका छन्। यस्तै, पत्रकारलाई धम्की दिने, साइबर आक्रमण गर्ने र उनका परिवारलाई आक्रमण गर्ने घटना पनि बढीरहेका छन्।
इजरायली आक्रमणबाट गाजामा रहेका ५० भन्दा बढी सञ्चार कार्यालयमा पूर्ण तथा आंशिक रूपमा क्षति पुगेको छ। यस्तै सञ्चारगृहहरू बन्द भइरहेका छन्। सञ्चारगृहले कठिन परिस्थितिको सामना गरिरहेको अवस्थामा सयौँ प्यालेस्टिनी पत्रकारका परिवारहरू पनि विस्थापित भइरहेका छन्।
युद्धग्रस्त क्षेत्रमा काम गर्ने पत्रकारलाई अन्तर्राष्ट्रिय मानवअधिकार कानूनअन्तर्गत सुरक्षा दिइन्छ। तर, इजरायलमाथि उक्त कानूनको उल्लंघन गरेको आरोप लागिरहेको छ। इजरायली डिफेन्स फोर्सले पनि गाजा क्षेत्रमा रहेका पत्रकारको सुरक्षाको 'ग्यारेन्टी' लिन नसक्ने भन्दै प्रतिक्रिया दिएको रोयटर्सले जनाएको छ।
इजरायलले युद्ध क्षेत्रका कथाहरू बाहिर नआउन् भनेर पत्रकारलाई नै निसाना बनाउने गरेको प्यालेस्टिनी पत्रकार बताउँछन्।
अन्तर्राष्ट्रिय पत्रकार महांघका उपमहासचिव टिम डसन अल जजिरासँगको कुराकानीमा भन्छन्, "युद्ध शुरू हुनुभन्दा पहिले यो क्षेत्रमा एक हजार पत्रकार थिए, तर अहिले तथ्याँक घटिरहेको छ। १० प्रतिशत जतिको मृत्यु भइसकेको छ, यो निकै ठूलो संख्या हो, यसलाई नजरअन्दाज गर्न मिल्दैन।" असुरक्षाकाबीच पनि प्यालेस्टिनी पत्रकार माइक्रोफोन, डाइरी र कलमको भरमा मात्रै रिपोर्टिङ गरिरहेका उनको भनाइ छ।
एक जना प्यालेस्टिनी पत्रकारले रिपोर्टिङ बन्द गर्न र नगरे परिवारको ज्यान पनि जोखिममा पर्नसक्ने भन्दै धम्की आएको बताएका छन्। उनले उक्त फोनकल इजरायली सेनाकोतर्फबाट आएको अनुमान गरेको अलजजिराले लेखेको छ।
गत अक्टोबर ७ मा प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीसहित १२ सय जनाको मृत्यु भएको थियो। त्यसपछि प्रतिआक्रमणमा उत्रेको इजरायलको आक्रमणबाट गाजा र वेस्टबैंक क्षेत्रमा अहिलेसम्म २० हजारभन्दा धेरै प्यालेस्टिनीको मृत्यु भइसकेको छ। दशाैँ लाख प्यालेस्टिनी विस्थापित भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
