चालु आर्थिक वर्षको पाँच महिनामा १३ अर्ब ६० करोडको स्मार्टफोन र करिब १० अर्ब रुपैयाँ बराबरको सुन आयात भएको भन्सार विभागले जनाएको छ।
काठमाडौँ– गत आर्थिक वर्षको पाँच महिना (साउन–मंसिरसम्म)को तुलनामा चालु आर्थिक वर्षको पाँच महिनामा आयात र निर्यात दुवै घटेको छ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४२ अर्ब २० करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँको वस्तु आयात भएको थियो। यो गत आर्थिक वर्षको सोही अवधिको भन्दा ६.०९ अर्थात् ४ अर्ब ९ करोड रुपैयाँले कम हो।
आयात घट्दा मुलुकको व्यापार घाटामा पनि गत वर्षको तुलनामा केही सुधार देखिएको छ। मंसिरसम्म आइपुग्दा व्यापार घाटा ५ खर्ब ७९ अर्ब पुगेको छ। जुन २०७९/८० को पाँच महिनाको तुलनामा ३.०९ प्रतिशत अर्थात् १८ अर्ब ४४ करोडले कम हो।
नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.०४ प्रतिशत छ भने निर्यातको हिस्सा ८.९६ प्रतिशत छ।
यो अवधिमा सबैभन्दा धेरै ५३ अर्ब ९० करोड ३२ लाख रुपैयाँको डिजेल आयात भएको छ। २८ अर्ब ५५ करोड बराबरको पेट्रोल र २० अर्ब ६५ करोड बराबरको एलपी ग्यास आयात गरिएको हो।
यस्तै, १३ अर्ब ६० करोडको स्मार्टफोन र करिब १० अर्ब रुपैयाँ बराबरको सुन आयात गरिएको छ। मुलुकबाट सबैभन्दा बढी ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको गलैँचा र ३ अर्ब ९ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
