नेप्से परिसूचक २१.०३ अंकले ओरालो लागेर २०८८.०७ मा सीमित भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१.०३ अंकले ओरालो लागेर २०८८.०७ मा सीमित भएको छ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.२९ अंकले ओरालो लागेर ३९१.३३ मा सीमित भएको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये आइतबार चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ।
कुल एक करोड ८५ लाख ८९ हजार ३७९ कित्ता शेयर सात अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँमा खरिद–बिक्री भएका छन्। कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको ३० करोड ४३ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तै, हाथवे इन्भेस्टमेन्ट २९ करोड ५० लाख नौ हजार ५९४, सोनापुर मिनरल्स २८ करोड १९ लाख ४५ हजार ७००, घोराही सिमेन्ट २२ करोड ५२ लाख २२ हजार र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको १९ करोड तीन लाख ७२ हजार ८०० बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार बोटलर्स नेपाल, कालिका पावर, सामलिङ पावर, बिपीडब्ल्यू लघुवित्त, चिर्खवा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, सूर्यज्योति लाइफ इन्स्योरेन्स लगायतका कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
यस्तै, ज्योति विकास बैंकको ऋणपत्र र नेपाल रिपब्लिक मिडियाको शेयर मूल्यमा १० प्रतिशतले गिरावट आई नकारात्मक सर्किट लागेको छ।
हाथवे इन्भेस्टमेन्ट ९.८५, आँखु खोला जलविद्युत् कम्पनी ९.१७ र हिमालयन डिस्टिलरीको शेयरधनीले ६.८७ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
