क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर नाबालिग बलात्कारसम्बन्धी मुद्दा जिल्ला न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेका छन्।
काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर नाबालिग बलात्कारसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
सन्दीपविरुद्धको मुद्दाको सुनुवाइका लागि काठमाडौँ जिल्ला अदालतले आइतबार पेसी तोकेको थियो। उनीविरुद्धको मुद्दाको पेसी जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासमा एक नम्बर नम्बरमा तोकिएको थियो। तर आइतबार बहस नसकिएपछि उनले मुद्दालाई हेर्दाहेर्दैमा राखेका हुन्। अब यो मुद्दाको निरन्तर सुनुवाइ हुने छ।
सन्दीपविरुद्ध गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको उजुरी परेको थियो। सन्दीपविरुद्ध गौशाला २६ (परिवर्तित नाम)बाट उजुरी परेको थियो। भदौ २३ गते काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
सन्दीप विदेशबाट फर्किँदै गर्दा असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। अनुसन्धानपछि प्रहरीले कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
थुनछेक बहसपछि सन्दीपलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर, पुस २९ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दिएको थियो। सर्वोच्च अदालतले पनि सोही आदेशलाई सदर गरेको थियो।
सन्दीपविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ काठमाडौँ जिल्ला अदालतमा करिब डेढ वर्षदेखि चलिरहेको छ। यसअघिका छुट्टाछुट्टै जिल्ला न्यायाधीशहरूका इजलासमा भएका सुनुवाइका क्रममा गौशाला २६ र उनको आमाको उमेर विवादसँग सम्बन्धित कागजात मगाउन आदेश भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
