प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा कर्णालीले लगातार पराजय बेहोरेको छ भने अर्को खेलमा बागमतीले गण्डकीमाथि ४ विकेटको जित हात पारेको छ।
काठमाडौँ– कर्णाली प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा पराजित बेहोरेको छ। आइतबार सम्पन्न खेलमा कर्णाली प्रदेश सुदूरपश्चिमसँग ८१ रनले पराजित भएको हो।
कर्णाली पहिलो खेलमा कोशी प्रदेशसँग १० विकेटले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा गण्डकीसँग कर्णाली प्रदेश ४४ रनले पराजित भयो। आइतबार सुदूरपश्चिमले दिएको १५१ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७० रन मात्रै बनाउन सक्यो।
कर्णालीकी ओपनर तिर्सना विश्वकर्माले सर्वाधिक २८ रन बनाइन्। यता, अन्जु गुरुङ र रस्मी खड्काले १०/१० रन प्रहार गर्दा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।
सुदूरपश्चिमकी रितु कौन्जिया र जानकी थापाले ३/३ विकेट लिइन्। कविता जैशीले २ विकेट लिँदा मनिसा चौधरीको नाममा १ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५१ रन बनायो।
सुदूरपश्चिम कविता जैशीले अविजित रहँदै ७८ रन बनाइन्। उनले ५० बलमा १० चौका र १ छक्का प्रहार गरिन्। जारी प्रतियोगितामा यो उनको पहिलो अर्धशतक हो।
सुदूरपश्चिम रेवती धामीले अविजित रहँदै २२ रन बनाउँदा सम्झना खड्का ११ र कप्तान रितु १० रनमा आउट भइन्। कर्णालीकी अन्जु गुरुङले २ विकेट लिइन्। यमुना थारू र रस्मी थापाको नाममा १/१ विकेट रह्यो।

बागमती लयमा फर्कियो
दोस्रो खेलमा कोशी प्रदेशसँग ८ विकेटले पराजित भएको बागमती लयमा फर्किएको छ। आइतबार सम्पन्न तेस्रो खेलमा बागमतीले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको हो।
गण्डकीले दिएको ११३ रनको लक्ष्य पछ्याएको बागमतीले ८ बल बाँकी छदै ६ विकेट गुमाएर ११६ रन बनायो।
बागमतीकी यशोदा विष्टले अविजित रहँदै सर्वाधिक ३९ रन बनाइन्। उनले ४१ बलमा ४ चौका प्रहार गरिन्। सोनी पाख्रिन १७ र कन्चन श्रेष्ठ १२ रनमा आउट हुँदा यशु पाण्डे ८ रनमा अविजित रहिन्।
बागमतीले १८ रन अतिरिक्त प्राप्त गरेको थियो। गण्डकीकी सृष्टि जैशीले २ विकेट लिइन्। आकृति तिवारीको नाममा भने १ विकेट रह्यो।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११२ रन बनाएको थियो। गण्डकीकी ओपनर अन्जली विश्वकर्माले सर्वाधिक ३२ रन बनाइन्।
सिमना केसी र सुमान खतिवडाले २८/२८ रन बनाउँदा सिर्जना पौडेल ११ रनमा आउट भइन्।
बागमतीकी मनिसा उपाध्याय, करिस्मा गुरुङ र अस्मिना कर्माचार्यले १/१ विकेट लिइन्।
जितसँगै सुदूरपश्चिम ३ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा पुगेको छ। समान अंक रहेको बागमती चौथो स्थानमा रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
