समितिले मीनबहादुरले दुबईमा अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको निष्कर्ष निकालेको छ।
काठमाडौँ– यूएईको दुबईबाट १४ किलो सुन ल्याउने क्रममा मंसिर २१ गते त्रिभुवन विमानस्थलमा समातिएका मीनबहादुर घले र चन्द्र घलेको समूहले १३८ केजी सुन नेपाल भित्र्याएको खुलेको छ।
मंसिर २१ गते राति फ्लाई दुबईबाट नेपाल आएका गोरखाका चन्द्र घलेका साथबाट १४ किलोग्राम सुन बरामद भएको थियो। यो घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिले उनीहरूको समूहको संलग्नतामा १३८ केजी सुन ल्याएको प्रारम्भिक विवरण प्राप्त भएको जनाएको हो।
विमानस्थल भन्सार प्रमुख टोकराज पाण्डेका अनुसार मंसिर २१ गते दुबईबाट ल्याएको १४ किलो सुन प्रकरणमा पक्राउ परेका गोरखाका मीनबहादुर घलेबाट शुरू भएको अनुसन्धानमा हालसम्म ९ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मीन र चन्द्रसहित स्याङ्जाका कृष्णकुमार श्रेष्ठ, काठमाडौँ–८ का शेरबहादुर बस्नेत, नुवाकोटका लेकबहादुर तामाङ, काठमाडौँ–८ का राधाकृष्ण श्रेष्ठ, काठमाडौँकै रमेश देउला, धादिङका अनिल श्रेष्ठ र लमजुङकी विना गुरुङ छन्।
“यो समूहको संलग्नतामा १३८ केजीसम्म सुन ल्याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। हामी अब मुद्दा दर्ताको प्रक्रिया अघि बढाउँछौँ, मुद्दा दर्ताको प्रक्रियामा अभियुक्तहरू, यस्तो भेटिएको अवैध वस्तुहरू समेतलाई बिगो कायम गरेर प्रक्रिया अघि बढाउनेछौँ,” उनले भने।
विमानस्थल भन्सार प्रमुख पाण्डे १४ किलो सुन प्रकरणमा संलग्नहरूविरुद्ध भन्सार ऐनअनुसार २५ दिनभित्र मुद्दा दर्ता गर्ने बताए। उनले केही सम्भाव्य अभियुक्तहरूको नामसमेत प्रतिवेदनमा समेटिएको बताए।
समितिले मीनबहादुरले दुबईमा अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको निष्कर्ष निकालेको छ। मीनबहादुर स्वयं तथा चन्द्र र कृष्णकुमारसमेतले पटक–पटक दुबईबाट सुन लिई आउने गरेको अनुसन्धानबाट खुल्न आएको समितिको भनाइ छ।
समितिले प्रतिवेदनमा विमानस्थलका समस्या, गर्नुपर्ने सुधारका विषयहरू पनि औँल्याएको उनले बताए। समितिले अध्यागमन कार्यालयले पटक–पटक दुबई, सिंगापुर, हङकङ, थाइल्यान्ड लगायतका देशमा आवागमन गरिरहने यात्रुहरूको सूचना भन्सार तथा प्रहरीलाई दिनेलिने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ।
फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ बाट राति ११ः४० बजे काठमाडौँ उत्रेका चन्द्रको साथबाट भन्सार टोलीले १४ केजी सुन बरामदपछि यो प्रकरणको छानबिन गर्न प्रमुख भन्सार अधिकृतको संयोजकत्वमा समिति बनेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
