तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनासाथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको काकरभिट्टा–लौकही सडकखण्ड एशियन हाइवे मापदण्डको बन्नेछ।
मोरङ– पूर्वपश्चिम राजमार्गको काकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम शुरू हुने भएको छ। तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनासाथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडक एशियन हाइवे मापदण्डको बन्नेछ। सडकको लागत २८ अर्ब १७ करोड रुपैयाँ छ।
काकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७.७७० किलोमिटर सडक मात्र ठेक्का लागेको छ। जसमा सडक किनारमा पर्ने ११ हजार ५१३ वटा रूख कटान हुने वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख गरिएको काकरभिट्टा–लौकही सडक आयोजना इटहरी कार्यालयका प्रमुख जगत् प्रजापतिले जानकारी दिए। सडक क्षेत्रबाट ३५ मिटर क्षेत्रभित्र पर्ने रूख मात्र काटिने र काटिएका रूखको दश गुणा बढी बिरुवा रोपिने उनले बताए।
डिभिजन वन कार्यालय मोरङका वन अधिकृत घनश्याम यादवका अनुसार मोरङ खण्डको ३६ किलोमिटर क्षेत्रमा पाँच हजार ५५६ वटा रूख पर्छन्। मोरङ खण्डका मंगलबारे, पथरी, कानेपोखरी, बेलबारी र सलकपुर सबडिभिजन वन कार्यालयले सडक क्षेत्रमा पर्ने रूखको धमाधम छपान गरिरहेको यादवले बताए। पाँच वटै सबडिभिजन वन कार्यालयबाट चार/पाँच जना जनशक्ति परिचालन गरी रूख छपान गर्ने काम भइरहेको छ।
सडक दुई खण्डमा ठेक्का लागेको छ। काकरभिट्टाबाट दमकसम्मको ४५ किलोमिटर सडक दमकस्थित कार्यालयले हेर्नेछ भने दमकबाट इटहरी पश्चिमसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ। सडक आयोजना इटहरी कार्यालयका प्रमुख प्रजापतिका अनुसार सडक र पुल निर्माणका लागि पाँच वटा अलगअलग ठेक्का लगाइएको छ। ठूला र साना पुल निर्माणका लागि बेग्लाबेग्लै ठेक्का लागेको छ भने ० देखि ४५ किमीसम्म,४५ देखि ८५ किमीसम्म र ८५ देखि ९७.७७० किमीसम्म पाँच वटा ठेक्का लागेको छ।
निन्दा, विरिङ, कन्काई पुल निर्माणका लागि एउटा, रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणको अर्को ठेक्का लागेको छ। यी ६ वटा पुल ३०० मिटरभन्दा लामा छन्। काम छिटो सम्पन्न गर्न अलगअलग टेन्डर आह्वान भएको आयोजना प्रमुख प्रजापतिले बताए।
तीन वर्गमा निर्माण हुने सडक बजार, जंगल र ग्रामीण क्षेत्र भनेर छुट्ट्याइएको छ। बजार क्षेत्रमा ५० मिटर, जंगल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुने आयोजनाले जनाएको छ। सडक क्षेत्रमा रहेका चार सय चार वटा अस्थायी संरचना हटाउनु पर्नेछ।
शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडक एकैपटक काम शुरू हुनेछ। ३०० मिटरभन्दा लामो पुल रहेका ६ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन्। नेपालको कालिका र तुंगी कन्ट्रक्सनसँग चाइनिज कम्पनीले संयुक्त रूपमा गर्ने सडक निर्माणको कामका लागि धमाधम साइड खाली गर्ने काम भइरहेको आयोजना दमक कार्यालय प्रमुख सुनीलबाबु पन्तले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
