ललितपुर–२ मा एमालेको अग्रता कायमै

ललितपुर क्षेत्र नम्बर २ मा एमालेका प्रेमबहादुर महर्जनले एक हजार ३१७ ल्याएका छन्।

काठमाडौँ– ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेको अग्रता कायम छ।

चार हजार ७८८ मत गनिसक्दा एमालेका प्रेमबहादुर महर्जनले एक हजार ३१७ ल्याएका छन्। हाम्रो नेपाली पार्टीका सुदिन शाक्य एक हजार ९७ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्।

त्यस्तै एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ८ सय ७७ मत पाएका छन्।