राजनीतिले देशका विद्यमान समस्याहरूको निकास निकाल्न नसकेको पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको भनाइ छ।
काठमाडौँ– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिले मुलुकलाई पीडा मात्रै दिएको टिप्पणी गरेका छन्। राजनीतिलाई अनुत्पादक क्षेत्रका रूपमा चित्रित गरेका उनले राजनीतिकै कारण देशमा बस्न सक्ने अवस्था नरहेको जिकिर गरे।
आइतबार काठमाडौँमा आयोजित ‘पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० विजेता घोषणा तथा उत्कृष्ट कथा संग्रह’ विमोचन कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जर्जर भएको राजनीतिलाई बलियो बनाउँदा र साहित्य र सिर्जनशीलतालाई कमजोर पारिँदा देशले पीडा भोग्नुपर्ने अवस्था आएको तर्क गरे। “राजनीतिले समाधान दिइराखेको छैन। उत्पादनहीन छ। यसले देशको महिमा बढाउनेभन्दा पनि देशलाई पीडा दिएको छ,” उनले भने।
राजनीतिले देशका विद्यमान समस्याहरूमा निकास निकाल्न नसकेको उनको भनाइ छ। “राजनीति जर्जर भएको छ। यसले निकास दिएको छैन। यसले समाधान दिइराखेको छैन। यसले प्रोत्साहन दिएको छैन, हौसला दिएको छैन। देशमा बसुँबसुँ जस्तो पारेको पनि छैन । देश छोडौँछोडौँ जस्तो बनाएको छ। भागौँभागौँ जस्तो बनाएको छ,” उनले भने।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले साहित्यकारहरूले आफ्नो सिर्जनाको भरपुर लाभ लिन पाउनुपर्नेसमेत बताए। उनले कार्यक्रममा प्रथम, द्वितीय र तृतीय कथाकारहरू मनोजबाबु पन्त, प्रमोद प्याकुरेल र विजय हितानलाई क्रमशः एक लाख, साठी हजार र चालिस हजार नगद पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
