तराईमा हल्का कुहिरो, पहाडी भेगको माैसममा आंशिक बदली

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। तापक्रम भने घटिरहेकाले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन
माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

काठमाडाैँ– हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै, राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ।

महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। तापक्रम भने घटिरहेकाले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले आग्रह गरेको छ।