शुक्रबारयता प्यालेस्टिनी क्षेत्रमा १४ इजरायली सैनिक मारिएको घोषणापछि उनले यस्तो भनेका हुन्।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबार हमाससँगको लडाइँमा मारिएका इजरायली सैनिकको सङ्ख्या बढिरहेकाले गाजा युद्धका लागि ‘ठूलो मूल्य’ तिर्नुपरिरहेको बताएका छन्।
“गाजा युद्धको एउटा कठिन दिनपछि यो कठिन बिहान हो”, शुक्रबारयता प्यालेस्टिनी क्षेत्रमा १४ सैनिक मारिएको सेनाले घोषणा गरेपछि उनले भने, “युद्धले धेरै ठूलो मूल्य तिरिरहेको छ तर हामीसँग लडिरहनुको कुनै विकल्प छैन।”
“हमासलाई विनाश गर्ने, हाम्रा बन्धकहरूलाई फिर्ता गर्ने र इजरायल राज्यका लागि फेरि कहिले पनि गाजा खतरा बन्ने छैन भन्ने सुनिश्चित गर्ने हाम्रा सबै लक्ष्य प्राप्त नगरेसम्म, अन्तिमसम्म, विजय नभएसम्म सम्पूर्ण शक्तिका साथ काम गरिरहने छौँ”, उनले भने, “स्पष्ट हुन दिनुहोस्: हमास समाप्त नभएसम्म हामी उत्तर र दक्षिण दुवै स्थामा सुरक्षा पुनःस्थापित गर्नेछौँ।”
अक्टोबर २७ मा इजरायलको स्थल हमला शुरू भएपछि इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रमा १५३ सैनिकलाई गुमाएको छ। यसमा शनिबार १० सैनिक पनि सामेल छन्। लेबनानसँग आफ्नो उत्तरी सीमामा हिजबुल्लाह लडाकुहरूको पनि सामना गरिरहेको इजरायली सेनाका लागि यो सबैभन्दा घातक दिनहरूमध्येको एक भएको छ।
यसैबीच हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायलसँग युद्ध शुरू भएयता प्यालेस्टिनी क्षेत्रमा कम्तीमा २० हजार ४२४ जनाको ज्यान गएको आइतबार बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
