बैतडीको पाटनमा जिप दुर्घटना, तीन प्रहरीको मृत्यु

मतपेटिका पुर्‍याएर पाटनतर्फ फर्किँदै गरेको जिप दुर्घटना हुँदा तीन प्रहरीको मृत्यु भएको छ।

बैतडी– बैतडीको पाटनमा जिप दुर्घटना हुँदा तीन प्रहरीको मृत्यु भएको छ।

पाटन गरपालिका–७ थुममा जिप दुर्घटनामा परेको हो। मृतकको सनाखत हुन बाँकी रहेको बैतडीका प्रहरी प्रवक्ता लोकराज जोशीले उकालोलाई बताए । 

मतपेटिका पुर्‍याएर पाटनतर्फ फर्किँदै गरेको प्रहरी सवार जिप सडकबाट ३ सय मिटर तल खसेको जोशीले बताए।

“जिपमा कतिजना सवार थिए भन्ने यकिन हुन सकेको छैन । हामी उद्धार मै छौं”, उनले उकालोसँग भने, “मृतकको संख्या बढ्न सक्छ ।”