चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ।
चितवन– चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ। सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पदमार्गमा पर्ने दुई चेपाङ बस्तीमा घरबास सञ्चालनमा आएको हो।
इच्छाकामना–२ तोवाङ र इच्छाकामना– १ भाराङमा चेपाङ घरबास सञ्चालनमा ल्याएको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए। उनले पृथ्वीराजमार्गअन्तर्गत धादिङको हुग्दीखोलाबाट चितवनको इच्छाकामना–२ काउले तोवाङ, हात्तीवाङ, सिराइचुली, वडा नम्बर १ को भाराङ चौकीडाँडा र कालिका नगरपालिकाको शक्तिखोर हुँदै सौराहासम्मको पदमार्गमा आउने पर्यटकलाई लक्षित गरी चेपाङ घरबास सञ्चालन गर्न स्थानीयलाई सहयोग गरिएको जानकारी दिए।
चेपाङ समुदायको आयस्तर वृद्धिका लागि थप घरबास सञ्चालन गर्न सपना भिलेजले आर्थिक सहयोग र तालिम उपलब्ध गराउने बताए। उनले भने, “यहाँका चेपाङ समुदायको आयस्तर वृद्धिका लागि इच्छुकलाई घरबास सञ्चालन गर्नका लागि हामी आर्थिक सहयोग र तालिम प्रदान गर्नेर्छौं, विशेष गरी विदेशी पर्यटकको रहनसहनबारे जानकारी गराउने, पर्यटकलाई गर्ने व्यवहार, सरसफाइलगायतका बारेमा तालिम प्रदान गर्ने योजना छ।”
रिक्सजा ट्राभल एजेन्सी नेदरल्याण्ड्सका प्रमुख मारियस एप्पलम्यानले हालै इच्छाकामना–२ तोवाङका तिलु चेपाङद्वारा सञ्चालित घरबास शुभारम्भ समेत गरे। सो अवसरमा उनले चेपाङ सुमदायको संस्कार संस्कृति तथा जीवनयापनबारे जान्न पाउँदा निकै खुसी लागेको सुनाए। साथै उनले यो पदमार्ग नेपालकै उत्कृष्ट बन्न सक्ने सम्भावना भएको बताए। उनले भने, “यो पदमार्ग नेपालकै उत्कृष्ट बन्ने सम्भावना छ, यहाँको चेपाङ सुमदायको रहनसहन संस्कार संस्कृतिबारे जान्न र बुझ्न पनि पाइन्छ।”
घरबास सञ्चालिका तिलुले घरबास सञ्चालन गर्ने आफ्नो इच्छा पूरा गरिदिएकामा सपना भिलेजलाई धन्यवाद दिए। सो संस्थाले यस पदमार्गको सम्भाव्यताबारे अध्ययन गर्न गत वर्ष पनि रिक्सजा ट्राभल एजेन्सी न्यादरल्यान्सका प्रमुख एप्पलम्यानलाई भ्रमण गराएको थियो। यस पदमार्गको दुई रात तीन दिनको रहेको संस्थाका अध्यक्ष गिरीले जानकारी दिए। नेदरलयान्ड्ससहित जर्मन, अमेरिका, फ्रान्सलगायतका देशका पर्यटक भित्र्याउने लक्ष्यका साथ यो पदमार्गको प्रचारप्रसारमा लागिरहेको उनले बताए।
उनले भने, “पर्यटकको आवागमन बढेसँगै यहाँका चेपाङ समुदायको आयस्तर वृद्धि हुने छ।” सपना भिलेजले चितवनको चेपाङ समुदायको उत्थानका लागि विभन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्। शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा काम गरिरहेको सपना भिलेजले पर्यटनमार्फत ती समुदायको आयस्तर वृद्धि गर्ने लक्ष्य लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
