डिजिटलाइजेसनले समाजमा सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुनसक्ने लगायत अन्य विकृतिहरू पनि हटाउँदै लैजाने गभर्नर अधिकारीको भनाइ छ।
काठमाडाैँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेशनको विकल्प नभएको बताउनुभएको छ।
आइतबार नेपाल क्लियरिङ हाउसको १५ औँ वार्षिकोत्सव समारोहलाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले डिजिटलाइजेसनले समाजमा सुशासन ल्याउनदेखि नोटको प्रयोगबाट हुनसक्ने लगायत अरु खालका विकृतिहरू पनि हटाउँदै लैजाने बताए।
डिजिटलाइजेसनले आर्थिक पारदर्शिता बढाउने र आर्थिक प्रणाली अझ बलियो बन्दै जाने उनले बताए। नेपालमा डिजिटलाइजेसन प्रणालीको बिस्तार बढीरहेको र अहिलेसम्मको प्रगतिबाट गर्व गर्नुपर्ने बताए। आम नागरिकहरू पनि चाँडो भन्दा चाँडो डिजिटल पेमेन्टमा जानुपर्ने भन्दै उनले फाइनान्सियल क्षेत्र परिवर्तनकारी क्षेत्र भएकाले यसलाई अझ बलियो बनाएर लैजानुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
"एक खालको इकोसिस्टम हामीले सोचेको भन्दा पनि चाँडो बन्दै गइरहेको छ डिजिटल पेमेण्टमा। हामीले क्यासै बोकेर हिँड्नुपर्दैन अहिले। त्यसमा हामीले गर्व गर्नुपर्छ। दुईतीहाई जनसंख्या मोबाइल बैंकिङ प्रयोगकर्ता हुनुहुन्छ। यो निकै ठूलो परिवर्तन हो," उनले भने, "यसलाई हामीले जोगाएर लैजानुपर्छ र यसलाई थप जोड दिनुपर्छ। डिजिटलाइजेशनको अरु विकल्प छैन, यसले समाजमा सुशासन ल्याउँछ, अरु खालका विकृतिहरू हटाउँदै लैजान्छ।"
गभर्नर अधिकारीले सबै सरोकारवाला संस्था र क्षेत्रहरू लाग्ने हो भने अरु मुलुकले झैं समग्र अर्थतन्त्रलाई डिजिटलाइजेसन गर्न सकिने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
