ललितपुर– ३ : एमालेलाई प्रारम्भिक अग्रता

ललितपुर क्षेत्र नम्बर ३ मा एमालेका अमृत खड्काले ५१६ मतसहित ग्रता लिएका छन्।

काठमाडाैँ– ललितपुर क्षेत्र नम्बर ३ मा एमालेका  अमृत खड्काले अग्रता लिएका छन्।

एक हजार ३०० मत गणना हुँदा खड्काले ५१६ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ४९८ मतसहित दोस्रो स्थानमा छन्।

यस्तै सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी पम्फा भुसाल २९७ मतसहित तेस्रो स्थानमा छन्।