कामदारका रूपमा पनि बिदेसिने गरेका भन्दै क्षमतावान व्यक्तिहरूले देश छोड्दा देशको आर्थिक अवस्था सुदृढ हुन नसक्ने उनको भनाइ छ।
काठमाडाैँ– परराष्ट्रमन्त्री एनपी साउदले दक्ष जनशक्ति बिदेसिँदा मुलुकलाई क्षति भइरहेको बताएका छन्।
सोमबार उडान शैक्षिक केन्द्रले काठमाडौँमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको बताएका हुन्। उनले चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री जस्ता धेरै पढेलेखेका मानिसहरू बिदेसिरहेका भन्दै यसले देशको आर्थिक अवस्थालाई समेत असर परेको बताए।
उनले कामदारका रूपमा पनि बिदेसिने गरेका भन्दै क्षमतावान व्यक्तिहरूले देश छोड्दा देशको आर्थिक अवस्था सुदृढ हुन नसक्ने बताए। साथै, देशको कुल जनसंख्यामध्ये युवाहरूको संख्या धेरै रहेको उल्लेख गर्दै देशेको विकास र आर्थिक समृद्धि गर्ने उपयुक्त समय पनि यही भएको उल्लेख गरे।
" हाम्रो स्किल्ड र क्षमता भएको जनशक्ति बाहिर जाँदा हाम्रो मुलुकलाई क्षति भइरहेको छ। हाम्रो देशमा युवाको जनसंख्या धेरै छ। कुनै पनि देशको समग्र जनसंख्याभित्र युवाहरूको हिस्सा सबैभन्दा ज्यादा हुन्छ। कुनै पनि देशले विकास गर्ने त्यही बेला हो, आर्थिक विकासमा त्यही बेला देशले फड्को मार्न सक्नुपर्छ," उनले भने, "आर्थिक विकासको सन्दर्भमा पनि देशले फड्को मार्नुपर्ने बेला यही हो। यसपछि तपाईं हामी बुढा हुँदै गइसकेपछि फेरि बसि खाने बेला आउँछ। जनसंख्या बसीखाने भएपछि आर्थिक गतिविधि कम हुन्छ। विकास कम हुन्छ। त्यसकारण अहिले काम गर्ने बेला हो भन्नेतिर ध्यानाकर्षण गर्न चाहन्छु।"
मन्त्री साउदले राज्य व्यवस्था र कर्मचारीतन्त्रभित्र नयाँ पुस्ताको प्रवेश जरुरी रहेको बताउँदै राज्यका सबै क्षेत्रहरूमा दक्ष जनशक्ति उपलब्ध हुनुपर्नेमा जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
