युवायुवती आधादेखि एक घण्टासम्म पालो पर्खेर बिनुले बनाएको लाफिङ खान्छन्। एउटा सानो शटरबाट शुरू भएको पसल विस्तार भएर अहिले पूरै घर नै 'लाफिङघर'मा बदिलएको छ।
काठमाडौँ– पाटन घुम्न जानुभएको छ भने तपाईं पक्कै पनि पिंबहालछेउमा सधैँ भिडभाड भइरहने ‘बिनु लाफिङ सेन्टर’ पुग्नुभएको होला। यो पसल अरूकोमा जागिर गर्ने २१ वर्षे युवतीमा पलाएको 'आफैँले केही गरिछाड्छु' भन्ने ईखको उपज हो।

जन्मघर सिन्धुली भए पनि सानैदेखि पाटन बस्दै आएकी बिनुको पूरा नाम बिनुता तामाङ हो। सानै उमेरदेखि उनलाई घरपरिवार र आफन्तले 'बिनु' भनेर बोलाउँदै आए। सबैले माया गरेर बोलाउँदा प्रयोग गरेको त्यही नामले लाफिङ पसलको पनि न्वारन गरेको बिनु बताउँछिन्।

पाँच वर्ष अघिसम्म उनले आफू उद्यमी बन्छु भन्ने कल्पना पनि गरेकी थिइनन्। अरूकै उद्यमभित्र जागिर खाँदै आएकी बिनु भन्छिन्, "अर्काकोमा काम गर्दा जागिरसँगै गालिगलौज पनि खानुपर्थ्यो। धेरै ठाउँ र फरक–फरक पेसामा जागिर खाएँ। तर अधिकांशमा पाएको गालीगलौजले नै मलाई उद्यमी हुन योग्य बनाएछ।"

तर आफ्नै आँटले उद्यम गर्न त्यति सजिलो कहाँ थियो र! बिनुले जागिर छोडेपछि घरमै बसेर युट्युबबाट लाफिङ बनाउन सिकिन्। सिक्ने बेलाको सम्झना गर्दै उनी भन्छिन्, "घरपरिवारमा मैले बनाएको लाफिङको निकै तारिफ चल्यो। सबैको प्रतिक्रिया राम्रो पाएँ।" त्यसपछि उनले आफ्नै लाफिङ सेन्टर खोल्नुपर्छ बन्ने सोचिन्। सोचाइ वास्तविकतामा परिणत गर्न धेरै संघर्ष गरिन्। अन्तमा उनको दुःखले छलाङ मारेरै छाड्यो।

जागिर गर्दा बचाएको पैसामा मामासँग केही रकम सापटी लिएर उनले पाटन ढोकाछेउमा 'बिनु लाफिङ सेन्टर' खोलिन्। एउटा सटरवाला कोठामा फ्रिज, ग्यास चुल्हो र किमा पकाउन ३०० रुपैयाँको कराही किनेर बिनुले आफ्नै लाफिङ पसल खोलेकी थिइन्।

बिस्तारै लाफिङतिर युवा पुस्ताको मोह बढ्न थालेसँगै बिनुको पसलमा पनि लाफिङ र किमा नुडल्स खानेको भिड बढ्न थाल्यो। युवायुवती आधा घण्टादेखि एक घण्टासम्म पालो पर्खेर उनले बनाएको लाफिङ खान थाले। पहिले सानो शटरबाट शुरू भएको पसल विस्तार भएर अहिले पिंबहालको एउटा घर नै 'लाफिङघर'मा बदलिएको छ।

पाटन ढोकाको पुरानो पसलमा भेटिएका ग्राहकहरू अहिले पनि बिनुलाई सम्झेर लाफिङ खान पिंबहाल आइपुग्छन्। उनको लाफिङ पसलमा ग्रहक मात्र युवा पुस्ताका आउने होइनन्, त्यहाँ काम गर्ने कर्मचारीहरु पनि सबै युवा नै छन्। उनले गर्वका साथ सुनाइन्, "मैले सानै उमेरदेखि काम गर्न थालेको भएर मेरो लाफिङ घरमा पनि सबै स्टाफ युवा पुस्ताका छन् जो आफ्नो कलेज शुल्क आफैँले कमाएर तिर्छन्।"

यो पसलले १६ युवालाई रोजगारी दिन मात्र होइन, आफ्नो प्रेमीलाई विदेश जानबाट पनि रोक्न सफल भएको उनले बताइन्। बिनुले लजाउँदै भनिन्, "लाफिङ पसल खोल्नुभन्दा अगाडिदेखि नै म समिरसँग प्रेम सम्बन्धमा थिएँ। समिर जापानको लागि भिजा ट्राई गर्दै थियो। हामी दुवै जनाको प्लान एउटै थियो- यहाँ केही गर्न नसके मात्र विदेश जाने।

देश छोड्नुभन्दा पनि आफ्नै केही न केही व्यापार व्यवसाय शुरू गर्ने रहर बलियो थियो। बिनु भन्छिन्, "त्यो रहर यही पसलले पूरा गरिदियो। व्यापारमा मात्र होइन, वैवाहिक जीवनमा पनि हामीलाई लाफिङले नै सफलता दियो।"

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
