प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार इजरायली सैनिकद्वारा गरिएको तीव्र हवाई हमलाले अल–बुरेज, अल–मगाजी र अल–नुसेरातको शिविरको मुख्य सडकहरू बन्द भएका छन्।
गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार राति भएको इजरायली हवाई आक्रमणमा परी कम्तिमा ७० जनाको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलिभिजनले जनाएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–केद्राले विज्ञप्तिमार्फत घना आवासीय क्षेत्रमा इजरायली हवाई आक्रमण भएकोले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्।
उनका अनुसार इजरायली सेनाले क्याम्पको मध्यक्षेत्रका मुख्य सडकहरूमा पनि बमबारी गरिरहेको छ। जसले एम्बुलेन्स र अन्य सवारीलाई लक्षित स्थानसम्म पुग्न बाधा पुगेको छ।
मृत्यु हुनेमध्ये अधिकांश महिला तथा बालबालिका रहेका तथा स्थानीय अस्पतालमा थप घाइतेलाई भर्ना गर्न गाह्रो भएको स्थानीय अधिकारीले बताएका छन्। दर्जनौँ घाइतेलाई मघाजी नजिकैको अल–अक्सा अस्पतालमा लगिएको जनाइएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार आइतबार अबेर राति भएको आक्रमणबाट तीन घरमा क्षति पुगेको छ। मन्त्रालयका प्रवक्ता कुद्राले एउटा आवासीय ब्लक ध्वस्त भएको जनाएका छन्।
अल–मगाजी शरणार्थी शिविरबाहेक, इजरायली सेनाले मध्यगाजाको अल–बुरेज शरणार्थी शिविर र दक्षिणी शहर खान युनिसमा पनि आक्रमण गरेको जनाइएको छ।
प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार इजरायली सैनिकद्वारा गरिएको तीव्र हवाई हमलाले अल–बुरेज, अल–मगाजी र अल–नुसेरातको शिविरको मुख्य सडकहरू बन्द भएका छन्। यहाँ एम्बुलेन्स तथा उद्धार टोलीहरूको काममा समेत बाधा पुगेको छ।
प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार गत महिना इजरायलले अल–मगाजीमा बमबारी गर्दा ५१ जना प्यालेस्टिनीहरूको मृत्यु भएको थियो।
प्यालेस्टिनी लडाकु समूह हमासले अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्दा एक हजार २०० जनाको ज्यान गएको थियो। हमासले करिब २४० जनालाई बन्धक बनाएको थियो। त्यसको प्रतिक्रिया स्वरूप इजरायले थालेको आक्रमणपछि २० हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन्। आक्रमणमा परी ज्यान गुमाउने अधिकांश बालबालिका तथा महिलाहरू छन्। त्यस्तै ५४ हजार घाइते भएका छन्।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार युद्धका कारण आफ्नो देशले 'ठूलो मूल्य' चुकाउनुपरेको बताएका थिए। शुक्रबारयता एक दर्जनभन्दा बढी इजरायली सैनिकले ज्यान गुमाएपछि प्रधानमन्त्री नेतन्याहुको यस्तो प्रतिक्रिया आएको हो। इजरायलले अक्टोबर ७ यता थालेको स्थल आक्रमणका क्रममा मारिने इजरायली सैनिकको संख्या १५६ पुगेको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
