सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारसँग जुध्न तयार रहेको बताएका छन्।
काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारसँग जुध्न तयार रहेको बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले भने, “संघीय संरचनामा गइसकेपछि, प्रदेश संरचनाहरूको निर्माण भइसकेपछि न्यूनतम रूपमा विकासका लागि, समृद्धिका लागि गर्ने कार्यक्रमहरूमा कसैले पनि अवरोध गर्नुहुँदैन भन्ने हाम्रो मान्यता छ। त्यो मान्यतामा हामी संघीय सरकारसँग पनि जुध्न तयार छौँ।”
उनले प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारसँग आफूहरू अल्झिन नचाहेको बताए। “पोलिसीका कुराहरूमा पनि, ऐन, नियम, कानूनका कुराहरूमा पनि अब हामी अल्झिनेवाला छैनौँ। हामी प्रष्ट भएर अगाडि बढ्न चाहन्छौँ। म त्यो विश्वास दिलाउन चाहन्छु,” उनले भने।
मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको विकासका लागि लगानी भित्र्याउन पनि निजीक्षेत्रलाई आह्वान गरे। त्यसका लागि प्रदेश सरकारले आवश्यक वातावरण बनाउने उनको भनाइ थियो। उनले सुदूरपश्चिम सम्भावना नै सम्भावनाको क्षेत्र भएकाले यसमा गरिएको लगानी खेर नजाने भनाइ राखे। उनले सुदूरपश्चिम क्षेत्रको विकासका लागि नै लगानी सम्मेलन गर्न लागिएको जनाए।
मुख्यमन्त्री शाहले देशभित्रै लगानीको वातावरण बनाउन सके मात्रै बाह्य लगानी भित्र्याउन सकिने भएकाले सुदूरपश्चिम प्रदेशको विकासमा पनि निजीक्षेत्रले जुट्नुपर्ने तर्क गरे।
कार्यक्रममा नेपाली कांग्रेस सांसद डा. आरजु राणाले सुदूरपश्चिमको उत्थानका लागि पर्यटनक्षेत्रको विकासमा जोड दिनुपर्ने बताइन्। उनले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सो ठाउँमा भित्र्याउनका लागि आवश्यक कानूनबारे संघीय संसद्लाई सुझाव दिन सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गरिन्।
लगानी बोर्डका प्रमुख प्रशासकीय अधिकृत सुशील भट्टले सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने विकास तथा लगानी सम्मेलनमा संघीय सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए। उनले सो सम्मेलनमा सहयोगका लागि आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफलसमेत गरेको जनाए। लगानी बोर्डले सबै प्रदेशको लगानी सम्भाव्यताबारे विस्तृत रूपमा अध्ययन गरिरहेको र त्यसलाई निरन्तरता दिने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
