तराईमा बिहानैदेखि हुस्सु, पहाडी भूभागमा आंशिक बदली

देशभरको तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौँ– नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसैले कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ। तराईको थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।

दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानको मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ। 

यसैगरी, राति सुदूरपश्चिम र कर्णालीको पहाडी भूभागमा आंशिक बदली रहनेछ।

देशभरको तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।