उँधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुंगी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्छ।
काठमाडौँ– प्रकृति पुजक किरात समुदायको दोस्रो महत्त्वपूर्ण चाड उँधौली मंगलबार देशभर हर्षोल्लासका साथ मनाइँदै छ।
हरेक वर्ष मंसिर पूर्णिमादेखि शुरू हुने उँधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुंगी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ।
उँधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ। यस चाडमा किराँतीहरू एकापसमा भेला भएर चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्छन्।
किरातको धार्मिक पुस्तक मुन्धुममा समयलाई दुई भागमा बाँडिएको छ, उँधौली र उँभौली। खेती किसानीका आधारमा यी दुई समय बाँडिएको मुन्धुममा उल्लेख छ।
बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ। बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको मुन्धुमका जानकार लेखबहादुर पालुङवा लिम्बूले जानकारी दिए।
उँधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुंगी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्छ। यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनुका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ।
किरात समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उँधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्छन्।
उँधौलीका अवसरमा पूर्वी नेपालका विभिन्न जिल्लामा मेला, सांस्कृतिक र खेलकुदका कार्यक्रम आयोजना दिएको छ। यस्तै, नेपाल सरकारले मंगलबार देशभर सार्वजनिक बिदासमेत दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
