जाजरकोटमा पाँच हजार २०२, रुकुम पश्चिममा पाँच हजार ७९८, सल्यानमा १९३, बझाङमा १३ र बाजुरामा १३० घर निर्माण सम्पन्न भइसकेका छन्।
काठमाडौँ– जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये आजसम्म ११ हजार ३३६ घर (अस्याथी आवास) निर्माण सम्पन्न भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अन्य १० हजार ११८ घर निर्माणाधीन छन्।
अहिले धमाधम अस्थायी आवासका लागि अनुदानबापतको रकम सम्झौता गरी बुझ्ने र घर निर्माण जारी रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए। उनका अनुसार जाजरकोटमा पाँच हजार २०२, रुकुम पश्चिममा पाँच हजार ७९८, सल्यानमा १९३, बझाङमा १३ र बाजुरामा १३० घर निर्माण सम्पन्न भइसकेका छन्।
पोखरेलले आजसम्म केन्द्रबाट अस्थायी आवासका लागि दुई अर्ब २६ करोड रकम जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइसकिएको जानकारी दिए। त्यसमध्ये जिल्लाबाट स्थानीय तहमा एक अर्ब ५३ करोड रुपैयाँ पुगिसकेको छ। स्थानीय तहबाट प्रक्रिया पुगेका लाभग्राहीको खातामा भने ५८ करोड ७८ लाख रकम पठाइसकिएको उनले बताए।
अहिलेसम्म जाजरकोटमा ३५ हजार १४०, रुकुम पश्चिममा २३ हजार ६०८, सल्यानमा एक हजार ७३०, बझाङमा चार हजार ५७६ र बाजुरामा दुई हजार ७२९ गरी कुल ६७ हजार ७८३ लाभग्राही कायम भएका छन्।
अझै झन्डै ५० हजार लाभग्राहीसँग अनुदान सम्झौता हुन बाँकी रहेकाले त्यो काम जारी रहेको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख भरतमणि पाण्डेले बताए। उनका अनुसार सुरुमा अस्थायी आवासका लागि सेवा लिने लाभग्राहीको कम भए पनि अहिले भने बढिरहेको छ।
लाभग्राही ८० हजार पुग्ने अनुमान गरी सोहीअनुसार तयारी भइरहेको पाण्डेले जानकारी दिए। उनका अनुसार ८० हजार लाभग्राही हुँदा उनीहरूको अस्थायी आवासका लागि चार अर्ब ७५ करोड लाग्ने भएकाले सोहीअनुसार बजेट व्यवस्थापनको तयारीमा प्राधिकरण लागेको छ। त्यसमध्ये दुई अर्ब २६ करोड रकम पठाइसकिए पनि बाँकी रकमको जोहो गर्नुपर्ने उनको भनाइ थियो।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पले जाजरकोटसहित रुकुम पश्चिम, सल्यान, बझाङ, बाजुरामा क्षति पुर्याएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
