सुनसरीको बराहक्षेत्र–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–२ र ३ वडा श्रीलंका टापु क्षेत्रमा पर्दछ । उक्त क्षेत्र १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइसम्म फैलिएको छ।
बराहक्षेत्र– सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को ठाकुरबारीबाट श्रीलंका टापुलाई जोड्ने झोलुंगे पुल बन्ने भएको छ। नेपालकै ठूलो सप्तकोशी नदीमाथि बन्ने उक्त झोलुंगे पुल पाँच किलोमिटर लम्बाइको हुनेछ।
संघीय सरकारको ठूला झोलुंगे पुल निर्माण विभागअन्तर्गत सप्तकोशीमा पहिलो पटक यति लामो झोलुंगे पुल निर्माण हुन लागेको बराहक्षेत्रका आर्थिक विकास संयोजक तेजबहादुर गुरुङले बताए। पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ।
झोलुंगे पुल सर्भेका लागि काठमाडौँस्थित ऋषिकेश सर्बिस प्रालीले डीपीआरको ठेक्का पारेर काम अन्तिम चरणमा पुर्याएको छ। त्यसपछि निर्माणको लागि ठेक्का लाग्नेछ। नमुना झोलुंगे पुल नामकरण गरी गत आर्थिक वर्षमा निर्माणस्थलको स्थलगत अध्ययन र निरीक्षण भएको थियो।
बराहक्षेत्र–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–२ र ३ वडा श्रीलङ्का टापु क्षेत्रमा पर्दछ । उक्त क्षेत्र १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइसम्म फैलिएको छ। श्रीलंका टापुमा चार हजार ५०० घर धुरीका १० हजार बढीको बसोबास रहेको बराहक्षेत्र–६ का वडाध्यक्ष उद्धवप्रसाद पोखरेलले बताए। पुल बनेपछि श्रीलंका टापुवासीको दैनिकी सहज हुने उनको विश्वास छ।
श्रीलंका टापु क्षेत्र उर्वर बलौटे, दोमट माटो भएकाले तरकारी र अन्न उत्पादनका लागि राम्रो मानिँदै आएको छ। झोलुंगे पुल बनेपछि टापुवासीले उत्पादन गरेका कृषि उत्पादन बजार लान सहज हुने र उनीहरूको जीवनयापनमा सहजता आउने वडाध्यक्ष पोखरेलले बताए। “यहाँ पुल बनेपछि टापुवासीको जीवनका साथै सिंगो बराहक्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि वृद्धि हुने विश्वास छ।
सदरमुकाम इनरुवाबाट झन्डै ३५ किलोमिटर उत्तर पश्चिममा पर्ने टापुमा वर्षौँदेखि कृषि र पशुपालन गरेर टप्पुवासीले जीविका चलाउँदै आएका छन् । चारैतिर नदी भएकाले टापुवासी यातायातको साधनका रूपमा डुंगाको प्रयोग गर्दै आइरहेका छन्।
वर्षायाममा सप्तकोशीमा पानीको बहाव बढ्ने भएकाले डुंगाबाट यात्रा गर्दा बर्सेनि कयौँको ज्यान जाने गरेको स्थानीयवासी सन्तोष चन्द्रवंशीले बताए। श्रीलंका टापुलाई जोड्ने झोलुंगे पुलको निर्माण हुने भएपछि आवागमनमा सहजता हुने उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
