आठबिश नगरपालिकाका १, २, ३, ४ र ५ वडाका मतपेटीका सोमबार रातीसम्म मात्रै आइपुग्ने भएकाले मतगणना शुरू हुन समय लाग्ने मुख्य निर्वाचन कार्यालयले जनाएकाे छ।
काठमाडौँ– रूकुम पश्चिममा भोली मात्रै मतगणना हुने भएको छ।
आठबिश नगरपालिकाका १, २, ३, ४ र ५ वडाका मतपेटीका सोमबार रातीसम्म मात्रै मुख्य निर्वाचन कार्यालयमा आइपुग्ने भएकाले मतगणना शुरू हुन समय लाग्ने भएको हो।
निर्वाचन अधिकृत रिमा हमालले भनिन्,“कतिपय निर्वाचन क्षेत्रमा मतगणना शुरू भइसक्दा हामीलाई समय लाग्ने भयो। सबै ठाउँबाट मतपेटीका आएपछि मात्रै मतगणना शुरू हुनेछ।”
मुख्य निर्वाचन कार्यालयमा सबैतिरबाट मतपेटिका आएपछि सर्वदलीय बैठक बस्नेछ। बैठकले मतगणनाको समय निश्चित गर्नेछ। यहाँ सत्ता गठबन्धनबाट जनार्दन शर्मा र एमालेबाट नन्दराम देवकोटा उम्मेदवार छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
