रुकुम पश्चिममा भोलि मात्रै मतगणना शुरू हुने

मुख्य निर्वाचन कार्यालयमा सबैतिरबाट मतपेटिका आएपछि सर्वदलीय बैठक बस्नेछ। बैठकले मतगणनाको समय निश्चित गर्नेछ।

काठमाडौँ- रुकुम पश्चिममा भोलि मात्रै मतगणना हुने भएको छ। आठविश नगरपालिकाका १, २, ३, ४ र ५ वडाका मतपेटिका सोमबार रातिसम्ममा मुख्य निर्वाचन कार्यालयमा आइपुग्ने भएकाले मतगणना शुरू हुन समय लाग्ने भएको हो। 

निर्वाचन अधिकृत रिमा हमालले भनिन्, “कतिपय निर्वाचन क्षेत्रमा मतगणना शुरू भइसक्दा हामीलाई समय लाग्ने भयो। मुख्य निर्वाचन कार्यालयमा मतपेटिका आउन समय लाग्ने भयो। सबै ठाउँबाट मतपेटिका आएपछि मात्रै मतगणना शुरू हुनेछ।” 

मुख्य निर्वाचन कार्यालयमा  सबैतिरबाट मतपेटिका आएपछि सर्वदलीय बैठक बस्नेछ। बैठकले मतगणनाको समय निश्चित गर्नेछ।