मछिन्द्र फुटबल क्लब र विभागीय टोली नेपाल एपीएफ क्लब यू१६ लिगमा विजयी भएका छन्।
काठमाडौँ– मछिन्द्र फुटबल क्लब र विभागीय टोली नेपाल एपीएफ क्लब यू१६ लिगमा जित हात पारेको छन्। एन्फा मुख्यालय सातदोबाटोमा मंगलबार सम्पन्न पहिलो खेलमा मछिन्द्रले नेपाल पुलिस क्लबमाथि ३-१ गोलको पुनरागमन जित हासिल गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो। मछिन्द्रको जितमा पदम तामाङ, भूपेन्द्र दहरला र राहुलकुमार योन्जनले समान १/१ गोल गरे। उता, पुलिसका राम थामीले गरेको गोल सान्त्वना बन्यो।
खेलमा पेनाल्टी गोलबाट शुरूआती अग्रता बनाएको पुलिसले उक्त अग्रता जोगाउन नसक्दा पराजय बेहोरेको हो।
यो जितसँगै मछिन्द्रले ५ खेलबाट १० अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमै यथावत् रहेको छ। पराजित पुलिसले शीर्ष स्थानमा अग्रता बनाउने मौका खेर फाल्यो। शीर्ष स्थानको पुलिसको ६ खेलबाट ११ अंक छ।
दोस्रो खेलको एपीएफले एफसी खुमलटारलाई ४–० गोलले पराजित गरेको छ। एपीएफको जितमा डम्बरबहादुर विश्वकर्मा, विकास बोहोरा, रोहित गोले र दीपेश गुरुङले समान १/१ गोल गरे। एपीएफले पहिलो र दोस्रो हाफमा समान २/२ गोल गरेको हो। यो जितसँगै एपीएफले जारी प्रतियोगितामा ६ खेलबाट ११ अंक जोडेको छ।
एपीएफ दोस्रो स्थानमै यथावत् रहेको छ। पराजित खुमलटारको भने यो चौथो हार हो। खुमलटार ६ खेलबाट ६ अंकसहित तालिकाको आठौँ स्थानमा झरेको छ।
यसअघि हिजो भएको खेलमा फ्रेन्ड्स क्लले मानङ मर्स्याङ्दीलाई ३-२ ले पराजित गरेको थियो भने अर्को खेलमा चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
