गुल्मी अस्पतालमा आईसीयु सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको छ। अस्पतालमा गुल्मीका साथसाथै छिमेकी जिल्ला अर्घाखाँचीका नागरिकसमेत सेवा लिन आउने गर्दछन्।
गुल्मी– गुल्मी अस्पतालमा दुई वटा भेन्टिलेटरसहितको पाँच शय्याको सघन उपचार कक्ष (आईसीयु) भवन निर्माण भएको भए पनि सञ्चालनमा आउन सकेको छैन। आईसीयु सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको छ।
जिल्लाका नागरिकलाई तम्घासमै सर्वसुलभ स्वास्थ्य उपचार दिने उद्देश्यले आर्थिक वर्ष २०७७/७८ मा सघन उपचार कक्ष (आईसीयू) भवनको निर्माण गरिएको थियो। भवन सञ्चालनमा नआउँदा एकातर्फ बिरामी आईसीयुको सेवा लिन पाल्पा जान बाध्य छन् भने अर्कोतर्फ निर्माण गरिएका संरचना प्रयोग नभएर धुलामय बनेका छन् ।
“भवनको बजेट परेका बेला दलका नेतालाई जस लिनको भ्याइनभ्याइ भयो, तर अहिले सञ्चालनमा कसैले चासो दिएनन्”, अस्पतालमा सेवा लिन आएका धुर्कोट गाउँपालिका–५ वस्तुका महेन्द्र भण्डारीले भने, “छिटोभन्दा छिटो सञ्चालन गरेमा आइसियुको सेवा लिन पाल्पा वा बुटवल जानुपर्ने बाध्यता हट्ने थियो।”
आईसीयुको संरचना निर्माणमा हालसम्म ३५ लाख ५२ हजार ३६२ र उपकरण खरिदमा ६६ लाख २६ हजार ९२५ गरी कुल एक करोड एक लाख ७९ हजार २८७ रुपैयाँ खर्च भएको छ। प्रदेश सरकारअनुसार अस्पताल विकास समिति परिवर्तन हुने हुँदा त्यसको असर अस्पतालमा परेको छ।
“पाँच शय्याको आईसीयु सञ्चालनका लागि २५ जना दक्ष स्वास्थ्यकर्मीको आवश्यकता पर्ने भए पनि सबै जनशक्ति उपलब्ध छैन,” अस्पतालका प्रमुख डा. विकास बञ्जाडेले भने, “हामी अहिले जनशक्ति व्यवस्थापनमा जुटिरहेका छौँ।” अस्पतालमा गुल्मीका साथसाथै छिमेकी जिल्ला अर्घाखाँचीका नागरिकसमेत सेवा लिन आउने गर्दछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
