बर्नलीलाई हराउँदै शीर्षस्थानमा उक्लियो लिभरपुल

जितसँगै लिभरपुलले १९ खेलबाट ४२ अंक जोडेको छ। एक खेल कम खेलेको आर्सनल ४० अंकसहित दोस्रो स्थानमा छ।

काठमाडौँ– लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ।

मंगलबार राति घरेलु टोली बर्नलीलाई हराउँदै लिभरपुल पुनः शीर्षस्थानमा उक्लिएको हो। 

लिभरपुललाई २–० को जित दिलाउन डार्विन नुनेज र डिएगो जोटाले गोल गरेका थिए। नुनेजले खेलको छैटौँ र जोटाल‍े ९०औँ मिनेटमा गोल गरेका थिए। 

जितसँगै लिभरपुलले १९ खेलबाट ४२ अंक जोडेको छ। एक खेल कम खेलेको आर्सनल ४० अंकसहित दोस्रो स्थानमा छ। बर्नली ११ अंकसहित १९औँ स्थानमा छ। 

यस्तै, अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३– २ ले पराजित गरेको छ। एभर्टनको घरेलु मैदानमा युनाइटेडका लागि अलेहान्द्रो गारान्चो २ तथा रास्मन हइलुन्डले १ गोल गरे। 

एस्टन भिल्लाका जोन मिक्गिन र लियन्डर डेन्डोन्करले गोल गरे। जितपछि युनाइटेड ३१ अंकसहित तालिकाको छैटौँ स्थानमा उक्लिएको छ। भिल्ला ३९ अंकसहित तेस्रो स्थानमा कायम छ।