रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका दुई हजार ६०० किसानले अदुवा बिक्रीबाट छ करोड २४ लाख आम्दानी गरेका छन्।
त्रिवेणी– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ। पालिकाभर दुई हजार ६०० किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट छ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले यस वर्ष १५ लाख ६० हजार किलो अदुवा उत्पादन भएको जानकारी दिए। गाउँपालिकाका किसानले पाँच हजार २०० रोपनीमा अदुवा लगाएका छन्।
एक रोपनी जग्गामा ३०० किलो अदुवा उत्पादन हुने गरेको उनले जानकारी दिए। प्रत्येक किसानले गाउँबाटै प्रतिक्विन्टल चार हजार रुपैयाँका दरले बिक्री गरेका छन्। अदुवाका लागि व्यापारी गाउँमै पुगेर खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको कृषि शाखाले जनाएको छ।
व्यावसायिक रूपमा अदुवाखेती गरेका त्रिवेणी–४ खुम्चेरीका नरे खड्काले यस वर्ष अदुवा बिक्रीबाट एक लाख रुपैयाँ आम्दानी गरेको बताए। विगत २० वर्षदेखि अदुवाखेतीमा लागेका उनले निरन्तर खेती गर्दै आएका छन्। यस वर्ष उत्पादन भएको साढे तीन क्विन्टल बीउका लागि र १२ क्विन्टल प्रतिक्विन्टल चार हजारदेखि आठ हजारका दरले बिक्री गरेको उनले बताए।
त्रिवेणी–४ खुम्चेरीका ५५ वर्षीय कृषक हरिबहादुर खड्काले यस वर्ष अदुवा राम्रो उत्पादन भएको जानकारी दिए। ३० वर्षदेखि निरन्तर कृषि पेसा गर्दै आएका उनले यस वर्ष अदुवा बिक्रीबाट एक लाख ५० हजार रुपैयाँ आम्दानी गरेको बताए। अदुवा गाउँबाटै प्रतिक्विन्टल चार हजार र बीउका अदुवा प्रतिक्न्विन्टल आठ हजारदेखि १० हजारसम्म बिक्री भएकामा उनी खुशी छन्।
“पहिले एक क्विन्टल अदुवाबाट सात क्विन्टल उत्पादन गरिन्थ्यो। उमेर पनि ढल्किँदै गयो अहिले त एक क्न्विन्टल अदुवाबाट तीनदेखि चार क्विन्टलसम्म उत्पादन गर्ने गरेको छु,” उनले भने। यस वर्ष बीउका लागि १२ क्विन्टल अदुवा भण्डारण गरेर राखेको खड्काले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
