अलैँचीको मूल्य पनि गत वर्षभन्दा तीन गुणाले बढेको छ। गत वर्ष यो सिजनमा प्रतिमन २८ हजार थियो। अहिले ८० हजारसम्ममा बिक्री भइरहेको छ।
इलाम– आधुनिक खेती प्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन्।
प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैँची मासिएको थियो। मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन।
सूर्योदय नगरपालिका–१ बांगिनका बिरेन शेरेङले करिब १०० रोपनी क्षेत्रफलमा अलैँची लगाएका छन्। “वर्षमा २७ देखि ३१ मन सम्म उत्पादन हुन्छ। खर्च कटाएर वार्षिक १० लाख रुपैयाँ हाराहारी बचत हुन्छ,” उनले भने, “अलैँची मासिएर निराश भएको समयमा तालिम लिएर खेती गर्दा पुनः अलैँचीबाट आम्दानी लिन थालेको हु।”
जिल्लामा यस वर्ष एक हजार ३२०.५ मेट्रिक टन अलैँची उत्पादन भएको छ। यो अघिल्लो वर्षको तुलनामा ७.९६ प्रतिशतले धेरै हो। एक हजार ७५३ हेक्टर जमिनमा सो बराबरको अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिए।
गत आवमा एक हजार २१५.२६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो। “पोहोर एक हजार ७५५ हेक्टर जमिनमा अलैँचीखेती गरिएको थियो,” उनले भने, “अलैँचीको बगान घटे पनि यस वर्ष उत्पादन र उत्पादकत्व वृद्धि भएको छ।”
दशक अघिसम्म इलामका किसानको मुख्य आम्दानीको स्रोत नै अलैँची थियो। अलैँचीकै आम्दानीले घर खर्च चलाउन मात्र होइन जग्गा–जमिन जोड्नसमेत सहयोग पुगेको थियो। तर अचानक अलैँचीमा रोग देखिएपछि जिल्लाका अधिकांश किसानको रोजीरोटी हरायो। धेरैको आम्दानी ठप्प भयो। बिस्तारै अलैँची मासियो तर यसको भाउ भने एकाएक प्रतिमन एक लाखसम्म पनि पुग्यो। त्यसपछि उत्पादन र मूल्य घटेपछि किसान निराश बनेका थिए।
आवश्यक तालिम र विज्ञको सल्लाह लिएर यहाँका किसानले अलैँचीलाई सुधार गरेर उत्पादन पुरानै अवस्थामा पुर्याउने प्रयास थालेका छन्। “पाखामा गाडेर मात्र नहुने रहेछ। स्याहार गर्न र मलजल गर्न थालेपछि अलैँची सुधार भएको छ,” किसान शेरेङले भने, “रोप्ने तरिका र गोड्ने ढाँचा नै परिवर्तन गरेपछि अलैँचीको उत्पादनमा धेरै फरक पाइयो।” सिँचाइको समस्या नहुने हो भने अझ उत्पादन बढाउन सक्ने उनको भनाइ छ।
अलैँची विकास केन्द्रका तत्कालीन प्रमुख पदम अधिकारीसँग चार वर्षअघि लिएको तालिमले व्यावसायिक खेती गर्न सहयोग पुर्याएको उनको भनाइ छ। “मेरोमा उत्पादन भएको अलैँचीको बिरुवा बागलुङ, पोखरा, स्यांजासम्म पुगेको छ,” उनले भने, “सधैँ बिरुवा उत्पादन गरेर अलैँची विकास केन्द्रलाई दिने गरेको थिएँ। यस वर्ष बिरुवा राख्न फुर्सद भएन।”
प्रत्येक एक–एक महिनामा अलैँची गोड्ने काम गर्दा फूल नमर्ने र बोट सेपिलो नहुनाले अलैँची सप्रिएको किसानको अनुभव छ। निश्चित मात्रामा सिँचाइ, फाँड्ने र गोड्नेसँगै, गोठे मलको प्रयोग गर्न थालेपछि अलैँची सुध्रिएको अर्का किसान मित्रभक्त अधिकारीले सुनाए।
अलैँचीबाट आम्दानी लिने दिन गएछ भनेर सोचेका किसान तालिम र परामर्शपछि अलैँची सुध्रिएको बताउँछन्। घरेलु औषधि र मलको प्रयोग अलैँचीलाई महत्त्वपूर्ण हुने उनीहरूको भनाइ छ। दशकअघिको खेती प्रविधि सम्झँदै माइजोगमाईका अधिकारी भन्छन्, “त्योबेला त अलैँची दुःख नगरी फल्दोरहेछ। जबरजस्ती आम्दानी लिएछौँ। सबै किसानले जुनसुकै खेती गर्नुभन्दा अघि तालिम र परामर्श लिनु जरुरी हुने रहेछ।”
अलैँचीको मूल्य पनि गत वर्षभन्दा तीन गुणाले बढेको छ। गत वर्ष यो सिजनमा प्रतिमन २८ हजार थियो। अहिले ८० हजारसम्म बिक्री भइरहेको छ। ज्ञान केन्द्रका अनुसार जिल्लामा विगतमा जस्तो सबैतिर अलैँचीखेती भने छैन। किसानले अलैँची मासेर वैकल्पिक खेती लगाएकाले क्षेत्रफल घटेको छ। जमिन घटे पनि मलजल र किसानको मेहनतले उत्पादन वृद्धि भएको हो।
इलामका १० स्थानीय तहमध्ये माइजोगमाई र सन्दकपुर गाउँपालिका बढी अलैँची उत्पादन हुने ठाउँ हुन्। तर, बै स्थानीय तहमा हुन्छ।
अलैँचीखेती समुद्री सतहबाट ७०० देखि दुई हजार १०० मिटर उचाइसम्म हुने गरेको छ। यसको उत्पादन भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा धेरै हुने ज्ञान केन्द्रले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
