बालुवाटारमा बसेको मोर्चाको बैठकले ७७ वटै जिल्लामा मोर्चाका जिल्ला कमिटी गठन गर्ने र प्रमुख शहरमा सन्देशसभा गर्ने निर्णय गरेको छ।
काठमाडौँ– सत्तारुढ दल नेकपा माओवादी केन्द्रसहित चार कम्युनिस्ट पार्टीसम्मिलित समाजवादी मोर्चाले देशका प्रमुख शहरमा सन्देशसभा गर्ने भएको छ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ वटै जिल्लामा मोर्चाका जिल्ला कमिटी गठन गर्ने र प्रमुख शहरमा सन्देशसभा गर्ने निर्णय गरेको हो। कुन शहरमा कहिले र कस्ता कार्यक्रम गर्ने भन्ने विषयमा भने टुंगो लागिसकेको छैन।
संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतालगायत विषयमा सन्देश दिने गरी सभा गर्ने निर्णय भएको जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठले बताए। “हाम्रो राजनीतिक आन्दोलनको उपलब्धिका रूपमा रहेका संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणालीविरुद्ध चारैतिरबाट आक्रमण भइरहेको अवस्था छ। यसलाई सरकारले केही हदसम्म तोडेको पनि छ,” उनले भने, “मोर्चाका तर्फबाट हामीले देशका प्रमुख शहरमा सन्देश दिने गरी कार्यक्रम गर्ने निर्णय गरेका छौँ।”
नेता श्रेष्ठले बुधबार बेलुका बस्ने अर्को बैठकले थप छलफलपछि यस विषयमा थप निर्णय गर्ने बताए। “सरकारले गरिरहेका राम्रा काम र प्रयासका विषयमा जनतालाई सन्देश पनि पुर्याउनुपर्नेछ,” उनले भने, “त्यसैले आज नै अर्को बैठक बस्दैछौँ।”
बैठकमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम विप्लवलगायत शीर्ष नेता सहभागी थिए ।
अर्को बैठक बुधबार साँझ ६ बजे बस्ने बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
