प्रतिबन्धमा परेका व्यक्तिलाई पूर्वअनुमति बिना दक्षिण कोरियाली नागरिकसँग विदेशी मुद्रा र वित्तीय कारोबार गर्न रोक लगाइएको छ।
दक्षिण कोरियाले अवैध साइबर गतिविधिलाई लिएर उत्तर कोरियाको गुप्तचर निकायका प्रमुखमाथि प्रतिबन्ध लगाएको छ।
प्योङयाङले हालै अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि उक्त प्रतिबन्ध लगाइएको सोलको विदेश मन्त्रालयले जनाएको छ।
उत्तर कोरिया उसको आणविक बम तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि पहिलेदेखि नै अन्तर्राष्ट्रिय दबाबमा छ। नेता किम जोङको नेतृत्वमा आणविक बम तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रममा उत्तर कोरियाले तीव्र गतिमा प्रगति गरेको छ।
सोल, टोकियो र वासिङ्टनले उत्तर कोरियाको साइबर अपराध, क्रिप्टोकरेन्सी र मनी लन्ड्रिङ गतिविधि सम्बोधनको पहल शुरू गरेको सातापछि यस्तो घोषणा आएको हो। साइबर अपराध, क्रिप्टोकरेन्सी र मनी लन्ड्रिङबाट उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र कार्यक्रममा कोष उपलब्ध गराउने विश्वास गरिन्छ।
सोलको विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “प्योङयाङको जासुसी जनलर ब्युरोका प्रमुख री चाङ होमाथि अवैध साइबर गतिविधि र प्रविधि चोरीमार्फत विदेशी मुद्रा आर्जनमा संलग्नता भएकामा प्रतिबन्ध लगाइएको छ।”
समाचार संस्था एएफपीका अनुसार री उत्तर कोरियाली ह्याकिङ समूह किमसुकी, लाजरस र एन्डारियलको मुल संगठनको प्रमुख हुन्। ती समूहमाथि सोलले पहिलादेखि नै प्रतिबन्ध लगाएको छ।
यस्तै, सोलले उत्तर कोरियाका लागि आणविक–सम्बन्धित खनिज र संयुक्त राष्ट्रसंघद्वारा स्वीकृत सामग्री लिथियम–६ को व्यापारमा संलग्न भएको भन्दै पूर्वकूटनीतिज्ञ युन चोलसहित अन्य सात उत्तर कोरियालीमाथि पनि प्रतिबन्ध लगाएको छ।
प्रतिबन्धमा परेका व्यक्तिलाई पूर्वअनुमति बिना दक्षिण कोरियाली नागरिकसँग विदेशी मुद्रा र वित्तीय कारोबार गर्न रोक लगाइएको छ।
उत्तर कोरियाले हालै उसको आणविक तथा सैन्य धम्कीलाई बढाएको छ। उसले नोभेम्बरमा एउटा जासुसी उपग्रहको सफलतापूर्वक प्रक्षेपण गरेको छ भने यसै महिना सबैभन्दा उन्नत आइसीबीएमको परीक्षण गरेको छ।
उत्तर कोरियाली नेता किमले गत साता आणविक कार्यक्रमलाई उक्साएको खण्डमा प्योङयाङ आणविक हमला गर्न पछि नपर्ने चेतावनी दिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
