प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र नेपाल भिड्नेछन्। नेपालले दोस्रो खेल फ्रेबुअरी ४ मा भुटान र अन्तिम खेल भारतसँग फ्रेबुअरी ६ मा खेल्ने छ।
काठमाडौँ– साफ यू१९ महिला च्याम्पियनसिप २०२४ को खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले बंगलादेशको राजधानी ढाकामा फेब्रुअरी २ देखि ८ सम्म आयोजना हुने खेलको तालिका सार्वजनिक गरेको हो।
तालिका अनुसार उद्घाटन खेलमा बंगलादेश र नेपाल भिड्नेछन्। नेपालले दोस्रो खेल फ्रेबुअरी ४ मा भुटान र अन्तिम खेल भारतसँग फ्रेबुअरी ६ मा खेल्ने छ।
प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, भारत र भुटान गरी ४ टोलीको सहभागिता रहनेछ। प्रत्येक टोलीले ३/३ खेल खेल्नेछन् र शीर्ष दुई टोली फाइनलमा पुग्ने छन्। फाइनल खेल फेब्रुअरी ८ मा हुनेछ।

सन् २०१८ मा साफ यू१८ मा नेपाल उपविजेता बनेको थियो। उक्त प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो। उक्त प्रतियोगितामा ६ टोली सहभागी थिए। २०२१ मा साफ यू१९ को नाममा प्रतियोगिता हुँदा नेपाल तेस्रो भएको थियो। त्यतिबेला ५ राष्ट्रको सहभागिता थियो।
२०२२ मा पुन: साफ यू१८ को नाममा प्रतियोगिता हुँदा नेपाल तेस्रो भएको थियो। उक्त प्रतियोगिता नेपाल, भारत र बंगलादेशले मात्रै सहभागिता जनाएका थिए।
गत संस्करणमा भने ४ राष्ट्रले सहभागिता जनाउँदा नेपाल उपविजेता बनेको थियो। फाइनल खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–० गोल अन्तरले पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
