जाजरकोट भूकम्प प्रभावितलाई फेकनद्वारा ५ लाख सहयोग

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले जाजरकोट भूकम्प प्रभावितको आवास पुनर्निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ।

काठमाडाैँ– स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले जाजरकोट भूकम्प प्रभावितको आवास पुनर्निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ।

संस्थाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम जम्मा गरेको हो। संस्थाका प्रतिनिधिहरूले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चेक हस्तान्तरण गरे। 

संघले विभिन्न माग राख्दै प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण पत्रसमेत बुझाएको छ। एनओसी लिँदा देखिने समस्या, विद्यार्थी बीमा, परामर्श व्यवसायमा लाग्ने दोहोरो कर, विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न कानून निर्माण लगायतका विषयमा संघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। 

ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्रीले सामाजिक उत्तरदायित्व निर्वाहमा फेकनको भूमिकाको प्रशंसा गर्दै जायज मागहरू सम्बोधन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।