जारी प्रतियोगितामा सबै टोलीले ५/५ खेल खेलिसक्दा एपीएफले शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ।
काठमाडाैँ– सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको प्लेअफ सम्भावना बलियो बनाएको छ। बुधबार सम्पन्न खेलमा मधेशलाई ५ विकेटले पराजित गर्दै प्लेअफ सम्भावना बलियो बनाएको हो।
सुदूरपश्चिम प्रदेशले मधेशलाई ५ विकेटले पराजित गर्यो। मधेशले दिएको ८३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले एक बल बाँकी छँदा ५ विकेट गुमाउँदै ८६ रन बनाएको हो। सुदूरपश्चिमको जितमा कविता जैशीले सर्वाधिक २६ रन बनाइन्। उनले ३८ बलमा ३ चौका र १ छक्का प्रहार गरिन्। ओपनर सम्झना खड्काले १९ बलमा ३ चौकासहित २१ रन बनाइन्। रुवि पोडार १० र लक्ष्मी साउद ९ रनमा अविजित रहिन्।
सुदूरपश्चिमकी रेवती धामी, बिन्दु रावल र कप्तान रितु कौन्जियाले दोहोरो अंकमा रन बटुल्न सकेनन्। मधेशकी शाक्षी यादव र कविता गौतमले २/२ विकेट लिए। पूजा महतोको नाममा १ विकेट रह्यो।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८२ रन बनायो। मधेशकी ओपनर पूजा महतोले सर्वाधिक २७ रन बनाइन्। उनले ३१ बलमा ४ चौका प्रहार गरिन्। साना प्रविणले अविजित रहँदै ३४ बलमा १ चौकासहित १९ रन बनाइन्।
रोजी कडारी १० रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। सुदूरपश्चिमकी लक्ष्मी साउदले सर्वाधिक ४ विकेट लिइन्। जानकी थापा र कविता जैशीको नाममा १र१ विकेट रह्यो।
लुम्बिनीमाथि बागमतीको जित
अर्को खेलमा बागमतीले लुम्बिनीलाई ९ रनले पराजित गर्यो। बागमतीले दिएको ११० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०० रन मात्रै बनाउन सक्यो।
लुम्बिनीकी कप्तान सरस्वती जीएमले सर्वाधिक २९ रन बनाइन्। उनले ३६ बलमा ३ चौका प्रहार गरिन्। कमला जीएम २० रनमा अविजित रहँदा सरस्वती पुन १७ र लक्ष्मी चौधरी ११ रनमा आउट भइन्। लुम्बिनीका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।

बागमतीकी कप्तान अश्मिना कर्माचार्य र खुशी डंगोलले २/२ विकेट लिए। संस्कृति फुँयाल, सोनी पाख्रिन र मनिसा उपाध्यायको नाममा १/१ विकेट रह्यो।
बागमतीकी करिश्मा गुरुङमात्रै विकेटविहीन रहिन्। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन बनाएको थियो।
बागमतीकी ओपनर हेलिसा गुरुङले सर्वाधिक ४६ रन बनाइन्। उनले ४५ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्। यशु पाण्डे १२ रनमा अविजित रहँदा बागमतीका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
लुम्बिनीकी सर्मिला रोक्काले सर्वाधिक ३ विकेट लिइन्। मनिसा राना, कृतिका मरासिनी, मधु डीसी र कमला जीएमको नाममा १/१ विकेट रह्यो।
जारी प्रतियोगितामा सबै टोलीले ५/५ खेल खेलिसक्दा एपीएफले शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। उसको १० अंक रहेको छ। ८ अंक जोडेका कोशी र सुदूरपश्चिमको पनि प्लेअफ सम्भावना बलियो बनेको छ। ६ अंक रहेको बागमतीको पनि प्लेअफ सम्भावना उत्तिकै रहेको छ।
८ टोली सहभागी प्रतियोगितामा प्रत्येक टोलीले ७ खेल खेल्नेछन्। शीर्ष चारमा रहने टोली प्लेअफमा पुग्नेछन्। जितविहीन कर्णाली प्रदेश २ खेल बाँकी रहँदा प्रतियोगिताबाट बाहिरिसकेको छ।
अंक तालिकामा पाँचौँ स्थानमा रहेको लुम्बिनीको ४, छैटौँ स्थानमा रहेको गण्डकीको २ र सातौँ स्थानको मधेशको २ अंक रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
