काठमाडौँ- मतपेटिका संकलनका लागि हेलिकोप्टर अभाव भएपछि डोल्पामा मतगणना शुरू हुन कम्तीमा २ दिन लाग्ने भएको छ। मतपेटिका संकलनका लागि डोल्पाको निर्वाचन कार्यालयले नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्ने तयारी गरेको छ। तर, नेपाली सेनाको हेलिकोप्टर हुम्ला र मुगुमा मतपेटिका संकलनमा व्यस्त बनेपछि डोल्पामा मतपेटिका संकलनमा ढिलाइ भएको हो। डोल्पा निर्वाचन कार्यालयका प्रमुख राबहादुर सार्कीले भने, “हामीले मतपेटिका ओर्सान नेपाली सेनाको हेलिकोप्टर कुरिरहेका छौँ। दुई वटा हेलिकोप्टर पायौँ भने सबै भेगबाट मतपेटिका आजै आइपुग्ला। एउटा मात्रै हेलिकोप्टर पाइयो भने भोलि पनि मतपेटिका ओसार्न ठिक्क हुनेछ।” मतगणना पर्सिबाट मात्रै शुरू हुने उनले बताए। डोल्पामा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का धनबहादुर बुढा र एमालेका गणेश शाही प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन्। यसअघिको आम निर्वाचनमा वामगठबन्धनबाट उठेका बुढाले ११७६१ मत सहित काँग्रेसका अंगतकुमार बुढा(३१६७१) लाई हराएका थिए। एमाले फुट्दा बुढा नेकपा (एकीकृत समाजवादी) तिर आएका हुन्।
काठमाडौँ- मतपेटिका संकलनका लागि हेलिकोप्टर अभाव भएपछि डोल्पामा मतगणना शुरू हुन कम्तीमा २ दिन लाग्ने भएको छ।
मतपेटिका संकलनका लागि डोल्पाको निर्वाचन कार्यालयले नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्ने तयारी गरेको छ। तर, नेपाली सेनाको हेलिकोप्टर हुम्ला र मुगुमा मतपेटिका संकलनमा व्यस्त बनेपछि डोल्पामा मतपेटिका संकलनमा ढिलाइ भएको हो।
डोल्पा निर्वाचन कार्यालयका प्रमुख राबहादुर सार्कीले भने, “हामीले मतपेटिका ओर्सान नेपाली सेनाको हेलिकोप्टर कुरिरहेका छौँ। दुई वटा हेलिकोप्टर पायौँ भने सबै भेगबाट मतपेटिका आजै आइपुग्ला। एउटा मात्रै हेलिकोप्टर पाइयो भने भोलि पनि मतपेटिका ओसार्न ठिक्क हुनेछ।”
मतगणना पर्सिबाट मात्रै शुरू हुने उनले बताए।
डोल्पामा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का धनबहादुर बुढा र एमालेका गणेश शाही प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन्।
यसअघिको आम निर्वाचनमा वामगठबन्धनबाट उठेका बुढाले ११७६१ मत सहित काँग्रेसका अंगतकुमार बुढा(३१६७१) लाई हराएका थिए। एमाले फुट्दा बुढा नेकपा (एकीकृत समाजवादी) तिर आएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
