चितवन हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत बुधबार गरिएको सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी ६ वटा हात्तीलाई पछि पार्दै १७ वर्षीया सेल्फीकलीले सो उपाधि जित्न सफल भएको हो।
चितवन– हात्ती सुन्दरी प्रतियोगिताको उपाधि सेल्फीकलीले जितेको छ। सौराहामा आयोजना गरिएको १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत बुधबार गरिएको सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी ६ वटा हात्तीलाई पछि पार्दै १७ वर्षीया सेल्फीकलीले सो उपाधि जित्न सफल भएको हो।
सरसफाइ र अनुशासनका आधारमा उत्कृष्ट छनोट गरिने हात्ती सुन्दरी प्रतियोगितामा सेल्फीकलीले उपाधि जित्न सफल भएको निर्णयक समितिका संयोजक चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार सेल्फीकलीले ५०० पूर्णांकमा ३९४ अंक ल्याएर उपाधि जिल्न सफल भएको हो। युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध भएर सेल्फीकलीले दैनिक पर्यटकलाई सेवा दिँदै आएको छ।
प्रतियोगितामा चितवन राष्ट्रिय निकुञ्जको ११ वर्षीय रिमझिमकली दोस्रो र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा आबद्ध २२ वर्षीया समृद्धिकली तेस्रो भएको छ। दुवैले क्रमशः ३९३ र ३५६ अंक प्राप्त गरे। सो प्रतियोगितामा लक्ष्मीकली, बिजुलीकली, रानीमायाकली र चम्पाकलीले सहभागिता जनाएका थिए।
निर्णायकले सरसफाइतर्फ हात्तीको खुट्टा, मुख र शरीरका अन्य भागको सरसफाइ र अनुशासनतर्फ हात्तीको रहनसहन र उसले मानव जातिलाई गर्ने व्यवहारको मूल्यांकनका आधारमा हात्ती सुन्दरी छनोट गरेका हुन्।
हात्तीको शृंगार पटार, सजावट, आँखाको चमक, हात्ती चालकको अनुभव, अनुशासन, हात्तीको उमेर र छालाको चम्किलो पनालाई आधार मानेर सुन्दरी छनोट गरिएको निर्णायक समितिका सदस्य विनोद तिमिल्सिनाले जानकारी दिए। हात्तीको फुर्तिलोपना, आदेश पालना, सोझोपना, हिँडाइ र शारीरिक बनावटलाई समेत आधार मानेर सुन्दरी छनोटको गरिएको उनले बताए।
हात्ती महोत्सव समापनका दिन प्रतियोगितामा प्रथम हुने हात्तीलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। आउँदो शुक्रबार हात्तीको वनभोज कार्यक्रम आयोजना गरिएको छ।
नयाँ वर्ष सन् २०२४ को अवसर पारेर सञ्चालन गरिएको महोत्सव यही पुस १४ गतेसम्म सञ्चालन हुनेछ। चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुंगी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
