बिहीबारको मौसम: कोशी, बागमती र गण्डकीमा आंशिक बदली हुने

देशभरको तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौँ– नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जसका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसैगरी राति, कोशी र बागमतीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानको मौसम भने राति पनि सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ। 

देशभरको तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।