घरेलु मैदान गुडिसन पार्कमा २९औँ मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा एभर्टन पराजित भएको हो। सिटीको जितमा फिल फोडेन, जुलियन अल्भारेज र बर्नार्डो सिल्भाले गोल गरे।
काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एभर्टनलाई ३–१ ले पराजित गरेको छ।
गुडिसन पार्कमा २९औँ मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा घरेलु टोली पराजित भएको हो। सिटीको जितमा फिल फोडेन, जुलियन अल्भारेज र बर्नार्डो सिल्भाले गोल गरे।
सिटी पहिलो हाफमा १–० ले पछाडि परेको थियो। २९औँ मिनेटमा ज्याक ह्यारिसले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए।
५३औँ मिनेटमा फोडेनको गोलबाट सिटीले खेल बराबरी गर्यो। ६४औँ मिनेटमा प्राप्त पेनाल्टीलाई अल्भारेजले गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाए। नाथन एकेको प्रहारमा आएको बल एमाडोउ ओनानाको हातमा लागेपछि सिटीले पेनाल्टी पाएको थियो। ८६औँ मिनेटमा सिल्भाले गोल गरेपछि सिटीको जित सहज बनेको थियो।
जितसँगै १८ खेलबाट ३७ अंक जोडेको सिटी चौथो स्थानमा उक्लिएको छ। एक खेल बढी खेलेको एभर्टनको १६ अंक छ। १९ खेलमा ४२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ।

बुधबार राति कै अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ। चेल्सीको जितमा मिखाइलो मुद्रिकले १३औँ र नोनी मदुइकेले ८९औँ मिनेटमा गोल गरे।
क्रिस्टल प्यालेसका मिचाइल ओलिसेले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खेल बराबरी गरेका थिए। तर, ८९औँ मिनेटमा पाएको पेनाल्टीमा चेल्सी गोल गर्न सफल भयो। जितसँगै चेल्सी २५ अंकसहित १०औँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
