कात्तिक १७ को भूकम्पपछि उनको परिवार त्रिपालमा बस्दै आएको थियो। मंसिर १७ मा सुत्केरी भएकी उनलाई कमजोर आर्थिक अवस्थाका कारण परिवारले त्रिपालबाट सुरक्षित स्थानमा सार्न सकेको थिएन।
जाजरकोट– जाजरकोटमा उपचार नपाएर सुत्केरीको मृत्यु भएको छ। कुशे गाउँपालिका ९, चौराठाकी २४ वर्षीया कल्पना नेपालीको मृत्यु भएको हो। जाजरकोटमा गएको भूकम्पपछि उनको परिवार त्रिपालमा बस्दै आएको थियो।
मंसिर १७ मा सुत्केरी भएकी उनलाई कमजोर आर्थिक अवस्थाका कारण परिवारले त्रिपालबाट सुरक्षित स्थानमा सार्न सकेको थिएन। चिसो र संक्रमणको उपचार नपाएका कारण कल्पनाको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष देविका शाहले बताइन्। “चिसोले उनको शरीर सुन्निएको थियो,” उनले भनिन्, “चिसोले कठ्यांग्रिएर बसेकी थिइन्। परिवारले समयमा उपचार पनि गर्न सकेन।”
स्थानीयका अनुसार घरबास कार्यक्रमबाट सानो घर बनाएका उनको परिवार भूकम्पका कारण त्रिपालमा पुगेको थियो। गरिब दलित परिवारका उनीहरूलाई साँझ बिहानको छाक टार्नै धौ–धौ पर्ने अवस्था छ। त्यहीकारण सुत्केरी हुँदा पनि परिवारले राम्रो उपचारको प्रबन्ध गर्न नसकेको उपाध्यक्ष शाहको भनाइ छ। भूकम्पपछि चिसोका कारण जाजरकोटमा मात्रै तीन बालबालिकासहित २९ जनाको मृत्यु भइसकेको छ भने रुकुम पश्चिममा अन्य ५ जनाको ज्यान गएको छ।
यता जिल्ला प्रहरी कार्यालयले भने त्यसबारे जानकारी नआएको जनाएको छ। “भूकम्पले मान्छेहरू त्रिपालमा बस्नुपर्ने अवस्था छ। चिसो पनि छ। तर त्यस्तो मृत्यु भएको कुरा हामीलाई खबर आएको छैन,” जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक माधव बीसीले भने, “हामी कहाँ जाहेर भयो भने पोस्टमार्टम गर्नुपर्ने हुन्छ। मुद्दा प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। त्यसकारण पनि मान्छेलाई प्रहरीलाई खबर गर्दैनन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
