सुनसरीको देवानगन्ज गाउँपालिका–५ का ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई विराटनगर–६ केशलिया मार्गबाट प्रहरीले पक्राउ गरेको छ।
विराटनगर– स्रोत नखुलेको १९ हजार ९० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन्।
सुनसरीको देवानगन्ज गाउँपालिका–५ का ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई विराटनगर–६ केशलिया मार्गबाट प्रहरीले पक्राउ गरेको हो।
उनी हुन्डी कारोबारमा संलग्न रहेको खुलेको व्यक्ति भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए।
बरामद गरिएको नगद र उनले प्रयोग गरेको मोटरसाइकलसहित कारबाहीको लागि साहलाई राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ।
यसअघि, गत कात्तिक १४ मा १६ वर्षीय बालकलाई नगद २१ लाख ८७ हजार रकमसहित पक्राउ गरिएको थियो। उनलाई पनि हुन्डी कारोबारीले प्रयोग गरेको पाइएको थियो।
यस्तै, विराटनगरकै धर्मनन्द साह चार लाख ७५ हजार तथा रञ्जितकुमार साह नौ लाख २० हजारसहित पक्राउ परेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
