पेट्रोल बोकेको ट्यांकर दुर्घटनाग्रस्त भएर सडक नजिकैको खाडलमा खसेको थियो। त्यसपछि चुहिएको ग्यास भर्न स्थानीय घटनास्थलमा जम्मा भएका थिए।
मध्य लाइबेरियामा इन्धन बोकेको ट्यांकर दुर्घटना हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको छ।
पेट्रोल बोकेको ट्यांकर राजधानी मोनरोभियाबाट करिब १३० किलोमिटर टाढा दुर्घटनाग्रस्त भएर सडक नजिकैको खाडलमा खसेको थियो। त्यसपछि चुहिएको ग्यास भर्न स्थानीय घटनास्थलमा जम्मा भएका थिए।
चिकित्सक फ्रान्सिस कातेहले भने, “घटनास्थलमा देखिएका जलेका मानवीय अवशेष हेर्दा मृतकको संख्या बढ्न सक्छ। प्रहरीले घटनास्थलबाट मृत शरीर उठाउने र परीक्षणका लागि अस्पतालसम्म पुर्याउने काम गरिरहेको छ।” दुर्घटनापछि चुहिएको ग्यास भरिरहेको समय ट्यांकर विस्फोट हुँदा हताहत हुने धेरै छन्।
प्रहरीले यसअघि मृतकको संख्या १५ रहेको र स्थानीय घटनास्थलमा भेला हुँदा कम्तीमा ३० जना घाइते भएको बताएको थियो। “त्यहाँ धेरै मानिस जलेका छन्। मृतकको संख्या तत्काल यति नै रहेको भन्न कठिन छ,” लाइबेरिया राष्ट्रिय प्रहरीका नायब महानिरीक्षक प्रिन्स बी मुलबाहले भने।
एक प्रत्यक्षदर्शीका अनुसार मानिसहरू ग्यास लिन ट्यांकरमाथि चढेका थिए। केहीले ट्यांकरबाट ग्यास निकाल्न फलामका रडले ट्यांकी खोपेका र यसरी निस्केको ग्यास आगोको सम्पर्कमा पुग्दा विस्फोट हुन पुगेको थियो।
“ट्रकको चारैतिर मानिस थिए र ट्रकका चालकले उनीहरूलाई चुहिएको ग्याँस लिन सक्ने अनुमति दिएका थिए पनि ट्यांकरमाथि नचढ्न र ठक्कर दिन रोक्न अनुरोध गरे पनि नमान्दा ठूलो मानवीय दुर्घटना हुन पुगेको छ,” प्रत्यक्षदर्शी आरोन मासाकोइले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
