आपसी सहयोग अभिवृद्धि तथा आर्थिक विकास गर्ने उद्देश्यले विश्वका विभिन्न मुलुकहरू आ–आफ्ना क्षेत्रमा संगठित हुँदै आएको मन्त्री साउदले बताएका छन्।
काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले वैदेशिक व्यापारमा नेपालले थुप्रै चुनौतीको सामना गर्नु परेको बताएका छन्। नीति अनुसन्धान प्रतिष्ठानले बिहीबार राजधानीमा आयोजना गरेको बिमस्टेकको कार्यदिशा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले यस्तो चुनौतीको सामना गर्न क्षेत्रीय संगठन सहयोगी हुने बताए।
“भू–परिवेष्टित मुलुक भएका कारण वैदेशिक व्यापारसँग सम्बन्धित नेपालका विशिष्ट चुनौती छन् र अल्पविकसित मुलुक भएको कारण आर्थिक विकाससँग सम्बन्धित अनेकौँ चुनौती हामीले सामना गरिरहेका छौँ,” उनले भने, “यी चुनौतीको सामना गर्न क्षेत्रीय संगठनभित्रको अर्थपूर्ण आबद्धता हाम्रा लागि सहयोगी हुने कुरामा दुई मत छैन।”
आपसी सहयोग अभिवृद्धि तथा आर्थिक विकास गर्ने उद्देश्यले विश्वका विभिन्न मुलुकहरू आ–आफ्ना क्षेत्रमा संगठित हुँदै आएको उनको भनाइ छ।
मन्त्री साउदले नेपाल पनि एशिया क्षेत्रमा स्थापना भएका संगठनमा सदस्यता प्राप्त गरी संवाद र सहकार्य गर्दै आएको बताए। दक्षिण एशिया र दक्षिण पूर्वएशियाका मुलुकलाई जोड्ने बिमस्टेक क्षेत्रलाई नेपालले महत्त्व दिँदै आएको पनि उनले जनाए।
जुलाई २०२३ मा थाइल्यान्डको बैंककमा आयोजना भएको बिमस्टेक परराष्ट्र मन्त्रीस्तरीय रिट्रिटमा मन्त्री साउद सहभागी भएका थिए। उक्त बैठकमा सहभागी सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीले सामूहिक रूपमा बिमस्टेकलाई एक मजबुत संगठनको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले स्मरण गरे।
यस्तै, आगामी दिनमा बिमस्टेक प्रक्रियाले लिनुपर्ने कार्यदिशाका सम्बन्धमा सुझाव दिन बिमस्टेक इपीजी (प्रबुद्ध व्यक्तिको समूह) गठन गरिएको उनले बताए। नेपालका तर्फबाट बिमस्टेक ईपीजीमा पूर्वपरराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईलाई मनोनयन गरिएको छ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
