निजी क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउन, विकास निर्माणलाई तीव्रता दिँदै समग्र आर्थिक विकासका लागि सरकारले पुँजीगत खर्च बढाउनुपर्ने आवश्यकता औँल्याएको छ।
काठमाडौँ– निजी क्षेत्रले सरकारले चालु आर्थिक वर्षको पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिएको छ। बिहीबारबाट काठमाडौँमा शुरू भएको आठौँ घरजग्गा मेलाको उद्घाटन कार्यक्रममा बोल्दै निजी क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकारले पुँजीगत खर्चलाई बढाउनुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले चालु आर्थिक वर्षको पाँच महिना पूरा हुँदा पुँजीगत खर्चको अवस्था ज्यादै न्यून रहेको उल्लेख गरे। उनले यस अवधिमा १५ प्रतिशत पनि पुँजीगत खर्च नभएको जिकिर गर्दै सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन, विकास निर्माणलाई तीव्रता दिँदै समग्र आर्थिक विकासका लागि पुँजीगत खर्च बढाउनुपर्ने आवश्यकता रहेको बताए। उनले बजेटको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए।
“अर्थतन्त्रलाई प्रभावकारी रूपमा चलायमान बनाउन, विकास निर्माणलाई तीव्रता दिँदै समग्र आर्थिक विकासका लागि पुँजीगत खर्च बढाउनुपर्ने छ। पुँजीगत खर्च बढ्दै जाँदा देशको अर्थतन्त्रको चक्रलाई नै चलायमान बनाउँछ। बजेटको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ,” उनले भने।
कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले घर जग्गा कारोबारलाई चलायमान बनाउनसके अर्थतन्त्र सबल बन्ने भनाइ राखे। उनले घरजग्गा कारोबारलाई अझ व्यवस्थित गरी व्यवसायीहरूले खुला रूपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।
“घर जग्गा कारोबारलाई चलायमान बनाउनसक्यो भने हाम्रो अर्थतन्त्र एकदमै सबल बन्छ। घरजग्गा कारोबारबाट मोटामोटी मुलुकलाई झन्डै अर्ब हाराहारीको राजस्व प्राप्त भइरहेको छ। यसलाई अलि व्यवस्थित गरेर, व्यवसायीहरूले खुला रूपमा काम गर्ने वातावरण बनाउनुपर्छ । कित्ताकाटलाई अलि व्यवस्थित गर्न पनि आग्रह गर्छु,”
उनले नीति नियम निर्माणमा ढिलासुस्ती हुँदा कामहरू समयमै पाउन र पूरा हुन नसकेको बताए। पुस १२ देखि १५ गतेसम्म मेला सञ्चालन हुनेछ। मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ भने मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगालगायत निर्माण सामग्री प्रदर्शनमा राखिनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
