संसदीय समितिले कोषको कार्यकारी निर्देशक नियुक्ति गर्ने निर्णयको माइन्युट, शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र, वैयक्तिक विवरणसहितको प्रमाणित कागजात तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।
काठमाडौँ– अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएको कार्यकारी निर्देशकको नियुक्तिसम्बन्धी प्रमाणित कागजातहरू तीन दिनभित्र समितिमा बुझाउन निर्देशन दिएको छ।
समिति सभापति राजकिशोर यादवका अनुसार बिहीबारको बैठकले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी प्रमाणित कागजातहरू तीन दिनभित्र बुझाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको हो।
केही दिनअघि पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्ति गरिएको थियो। सो नियुक्ति प्रक्रिया र सम्बन्धित व्यक्तिको योग्यतामाथि सांसदहरूले प्रश्न उठाएसँगै समितिले नियुक्तिसम्बन्धी प्रमाणित कागजात मगाएको हो।
बैठकले कार्यकारी निर्देशक नियुक्ति गर्ने निर्णयको माइन्युट, निजको शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र, वैयक्तिक विवरणसहितको प्रमाणित कागजात तीन दिनभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको छ।
त्यसैगरी, बैठकले पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा शीघ्र यकिन गरी हाल साबिक गरी कोषको नाममा लालपुर्जा लिने व्यवस्था गर्न पनि निर्देशन दिएको छ। समितिले पशुपति क्षेत्र विकास कोषले आनन्द होटलसँग गरेको सम्झौताको सक्कलसहितको विवरण तीन दिनभित्र उपलब्ध गराउन पनि निर्देशन दिएको छ।
त्यसैगरी, बैठकले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना समितिलाई उपलब्ध गराउन पनि भनेको छ। समितिले पशुपतिमा बिग्रिएको शवदाह मेसिन यथाशीघ्र सञ्चालनमा आउने गरी तयार गर्न र आवश्यकताअनुसार थप गर्ने गरी अगाडि बढ्न पनि निर्देशन दिएको छ।
बैठकले पशुपतिनाथ मन्दिरको स्थलगत अनुगमन गर्ने र त्यतिबेला पशुपति विकास कोषसँग सम्बन्धित विषयमा जानकारी पनि निर्णय गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
