प्राधिकरणका अनुसार डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ६१ उद्योगको मंसिर मसान्तसम्म कुल बक्यौता २२ अर्ब २४ करोड छ। यसमध्ये लाइन काटिएका ९ उद्योगबाट मात्र १२ अर्ब ५० करोड उठाउन बाँकी छ।
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनसम्बन्धी बक्यौता तिर्न बाँकी रहेका ९ वटा ठूला उद्योगको बिजुली काटिसकेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस ५ गते बिहीबार डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बिजुली काटेर भए पनि बक्यौता उठाउन निर्देशन दिएलगत्तै शुक्रबारबाट प्राधिकरणले धमाधम लाइन काट्न थालेको थियो।
प्राधिकरणले शुक्रबार सिमरास्थित जगदम्बा स्टिल, विराटनगरस्थित रिलायन्स स्पिनिङ मिल्स, दाङस्थित घोराही सिमेन्ट र भैरहवास्थित अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो भने आइतबार सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, त्रिवेणी स्पिनिङ मिल्स, अशोक स्टिल र सोनापुर मिनरल्स एन्ड आयल उद्योगको लाइन काटेको थियो।
ठूला उद्योगको लाइन काटिदिएपछि हाल डेडिकेटड र ट्रंकलाइनसम्बन्धी विवाद उत्कर्षमा पुगेको छ। सोही विषयमा प्रष्ट पार्न विद्युत् प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता रहेका अन्य उद्योगहरूको लाइन क्रमशः काट्दै जाने बताए।
उद्योगी व्यवसायीहरूले प्राधिकरणले प्रमाणबिना शुल्क माग्दै लाइन काटेको बताउँदै आएका छन्। प्रमुख कार्यकारी निर्देशक घिसिङले भने लोडसेडिङका बेला डेडिकेटेड र ट्रंकलाइनमार्फत उद्योगहरूले प्रयोग गरेको बिजुलीको प्रिमियम नै शुल्क उठाइएको प्रष्ट पारे।
“डेडिकेटड लाइन भनेको सबस्टेशनबाट डाइरेक्ट लाइन जाने हो। त्यसमा उद्योगले २० देखि २४ घण्टासम्म प्रयोग गरेको हाम्रो डाटाले देखिन्छ। प्रयोग नै नगरेको बिल जारी भनेर गलतव्याख्या गरेको पनि हुनसक्छ,” घिसिङले भने, “कुनै उद्योगले १ हजार युनिट खपत गर्यो भने त्यसको नर्मल ट्यारिफ तिर्नुभएकै छ। हामीले अहिले शुल्क लगाएको प्रिमियमको हो। मैले अर्को १ हजार युनिट ल्याएर बिल गराएको होइन। त्यही हजार युनिटको बाँकी प्रिमियम चार्ज जोडेको छ। खपत नै नभएको बिजुली ल्याएर बिल गर्यो भन्ने कुरा गलत हो।”
उद्योगहरूले प्रयोग गरेको सबै तथ्यांक प्राधिकरणसँग रहेको पनि घिसिङको भनाइ छ। “त्यो हाम्रो सफ्टवेयरमा हरेकको बिलिङ हामीसँग छ। ६०/६५ सालको खोज्नुभयो भने पनि हामी दिन सक्छौँ,” उनले भने।
प्राधिकरणका अनुसार डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरूको मंसिर मसान्तसम्म बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ छ। यसमध्ये लाइन काटिएका ९ उद्योगहरूको मात्र १२ अर्ब ५० करोड रुपैयाँ बक्यौता रकम रहेको प्राधिकरणले जनाएको छ। यी हुन् बक्यौता तिर्न बाँकी रहेका उद्योगहरू:
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
