मिटरब्याज पीडित संघर्ष समिति सर्लाहीका सदस्यलाई पक्राउ गरेपछि प्रहरी र मिटरब्याज पीडितबीच झडप भएको छ।
मलंगवा– मिटरब्याज पीडित संघर्ष समिति सर्लाहीका सदस्यलाई प्रहरीले पक्राउ गरेपछि तनाव उत्पन्न भएको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार संघर्ष समितिका सदस्य लालबन्दी नगरपालिका–२ नवलपुर निवासी फतमा खातुनलाई प्रहरीले पक्राउ गरेपछि स्थिति तनावपूर्ण बनेको हो। प्रहरीले खातुनलाई पक्राउ गरेपछि मिटरब्याजपीडित र प्रहरीबीच झडप भएको थियो।
जिल्ला प्रशासन कार्यालयमा उनीहरूले ढुंगामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन तीन राउन्ड टियर ग्यास प्रहार गरेको प्रहरीले जनाएको छ। त्यसपछि मिटरब्याज पीडितले प्रशासन कार्यालय सर्लाही अगाडि टायर बालेर प्रदर्शन गरेका थिए। अहिले उनीहरू कृषि ज्ञान केन्द्र अगाडि सडक अवरोध गरेर बसेका छन्।
गत मंसिर २० गते जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित र साहुकारबीच छलफलका क्रममा साहुकारमाथि फतमाले कुटपिट गर्न थालेपछि प्रहरी सहायक हवल्दार सीता कार्की छुट्ट्याउन जाँदा फतमाले उनीमाथि पनि हातपात गरेकी थिइन्। प्रहरीमाथि फतमाले अभद्र व्यवहार गरेको भन्दै उनीविरुद्ध मुद्दा चलाएको छ।
सोही मुद्दामा फतमालाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी केही दिनदेखि लुकीछिपी बस्दै आएकी थिइन्। तर बिहीबार दिउँसो उनी पक्राउ परेपछि तनावको स्थिति सिर्जना भएको हो।
बिहीबार नै प्रहरीलाई कुटपिट गरेको अभियोगमा चन्द्रनगर गाउँपालिका–५, मोहनपुर निवासी तैयब मन्सुरलाई पनि पक्राउ गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
