कस्तो रहनेछ शुक्रबारको मौसम?

तराई भूभागमा हल्कादेखि मध्यम हुस्सु तथा कुहिरो लागेको छ। दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ।

काठमाडौँ– नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभए पनि पहाडी भूभागमा आंशिक बदली रहेको छ।

बाँकी स्थानमा आंशिकदेखि बदलीदेखि सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराई भूभागमा हल्कादेखि मध्यम हुस्सु तथा कुहिरो लागेको छ। दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ।

राति, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। 

बाँकी स्थानको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। यस्तै चिसोबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।