आर्सनल वेष्टहामसँग पराजित, गुमायो शीर्ष स्थानमा पुग्ने अवसर

हारपछि आर्सनल १९ खेलबाट ४० अंकसहित दोस्रो स्थानमा कायम छ। शीर्ष स्थानको लिभरपुलको समान खेलबाट ४२ अंक छ। 

काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा वेष्टहामले आर्सनललाई पराजित गरेको छ। 

बिहीबार राति भएको खेलमा वेष्टहामले घरेलु टोलीमाथि २–० को जित दर्ता गरेको हो। यो हारसँग आर्सनलले शीर्ष स्थानमा पुग्ने अवसर पनि गुमाएको छ। 

इमिरेट्स स्टेडियममा वेष्टहामलाई जित दलाउन थोमस साउसेकले १३औँ मिनेटमा पहिलो गोल गरे।

५५औँ मिनेटमा मोन्स्टानटिनोस माभरोपानोसले गोल गर्दै २–० को जित दिलाए। खेलमा निरन्तर दबाब सिर्जना गरे पनि आर्सनलले गोल भने फर्काउन सकेन।

हारपछि आर्सनल १९ खेलबाट ४० अंकसहित दोस्रो स्थानमा कायम छ। शीर्ष स्थानको लिभरपुलको समान खेलबाट ४२ अंक छ। 

वेष्टहाम भने ३३ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ।