इलामका सबै पालिकामा ड्रागनको खेती विस्तार भइसकेको छैन। हावापानी र तापक्रम मिल्ने क्षेत्रका किसान यस खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
इलाम– इलाममा ड्रागन फ्रुटखेती विस्तार भएको छ। गत वर्ष ०.५ हेक्टर जमिनमा लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ। यस्तै, गत वर्ष तीन मेट्रिक टन उत्पादन भएको ड्रागन यस वर्ष ३.२ मेट्रिक टन उत्पादन भएको हो।
माईजोगमाई गाउँपालिकाको सोयाङ, नामसालिङ इलाम नगरपालिकाको गोलाखर्क, माईखोला, भन्ज्याङ तथा चुलाचुली गाउँपालिकाको तल्लो भू–भागलगायत क्षेत्रमा खेती विस्तार हुँदै गएको छ। “नयाँ खेतीमा किसानको आकर्षणलाई प्रोत्साहन दिन ज्ञान केन्द्रले अनुदान सहयोग शुरू गरेको छ,” ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले भने, “व्यावसायिक फलफूल बगैँचा स्थापना सहयोग कार्यक्रमअन्तर्गत अनुदान दिएका छौँ।”
माईजोगमाई–५ सोयाङका लक्ष्मण खत्रीले चार रोपनी क्षेत्रफलमा प्रतिपिलर चारवटा बिरुवाका दरले १५० पिलर लगाएका छन्। “भर्खर ३०–४० पिलरबाट मात्र फल उत्पादन शुरू हुँदैछ। वार्षिक ८० हजार आम्दानी छ,” उनले भने, “कुनै दुई वर्षका, कुनै तेस्रो वर्षका बिरुवा मात्र छन्। चार वर्षको म्याचोर्ड भएपछि त एउटै पिलरले ४० केजीसम्म उत्पादन दिने रहेछ।” खत्रीले इलाम बजारमा प्रतिकिलो ५०० रुपैयाँका दरले बिक्री गर्दै आएका छन्। “उत्पादन बढ्दै गएपछि अन्य जिल्लाका बजार खोज्नुपर्ला। अहिलेसम्मको चैँ यहीँबाट खपत भइरहेको छ,” उनले भने।
ड्रागनले वैशाखदेखि शुरू भएर कात्तिकसम्म फल दिन्छ। स्वादिलो तथा पोसिलो यो फलको बजार माग पनि बढ्दो छ। इलाम गोलाखर्कका अर्का किसान सन्देश खड्काले ड्रागन फ्रुटलाई सजावट तथा फल उत्पादन दुवै प्रयोजनका लागि प्रयोग गरिने बताए। यो फलको खेती पानी कम पर्ने ठाउँमा एकदम राम्रो हुने गरेको उनले बताए। “विशेषगरी सुगर र कोलेस्ट्रोलका बिरामीका लागि यो हितकर रहेछ। यसमा प्रोटिनको प्रशस्त मात्रा पाइन्छ। जसले गर्दा सुगर र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न धेरै मद्दत गर्ने रहेछ,” खड्काले भने।
ड्रागन फ्रुट थोरै मलिलो माटो र तापक्रममा धेरै भिन्नता भएको ठाउँमा पनि रोप्न सकिने किसान बताउँछन्। उष्ण क्षेत्र यो खेतीका लागि उत्तम मानिने किसान खत्रीले बताए। यदि धेरै घाम लाग्ने ठाउँ छ भने छाया प्रदान गरी राम्रो उत्पादन लिन सकिने उनको भनाइ छ। प्रांगारिक मल धेरै भएको र पानीको निकास राम्रो भएको ठाउँ राम्रो मानिन्छ। माटो मसिनो हुने गरेर जोतेर झार सफा गरी प्रांगारिक मल हाली बिरुवा रोप्न सकिन्छ।
यसको बीउबाट बिरुवा बन्न धेरै समय लाग्ने र बीउबाट फलमा मात्र गुणमा परिवर्तन आउने हुँदा फल राम्रो लाग्दैन त्यसैले व्यावसायिक खेती गर्न बीउबाट उत्पादित बिरुवाले सम्भव नहुने खत्रीले बताए। ड्रागन फ्रुट खेतीका लागि थोपा सिँचाइको प्रबन्ध गरिदिन उनले सरकारसँग माग गरे।
इलामका सबै पालिकामा ड्रागनको खेती विस्तार भइसकेको छैन। तर हावापानी र तापक्रम मिल्ने क्षेत्रका किसान यस खेतीतर्फ आकर्षित भएको ज्ञान केन्द्रले जनाएको छ। वार्षिक ठूलो परिमाणमा बाहिरबाट आयात हुने ड्रागन फ्रुट जिल्लाका विभिन्न स्थानमा व्यावसायिक खेती शुरू हुँदा अनुदानमार्फत प्रोत्साहन दिएको ज्ञान केन्द्रका प्रमुख बर्देवाले बताए।
बजारको उचित व्यवस्था गरी किसानलाई थप अनुदान प्रदान गरेर प्रोत्साहन दिन सके यो फल इलाममा फस्टाउने सम्भावना रहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
